वर्षमा १५ लाख पटक भूकम्प !

123
  •  
  •  
  •  

काठमाडौं ७ गते ।
अघिल्लो र यस साता जापान, इक्वेडर, अफगानिस्तानलगायतका मुलुकमा आएका ठुला भूकम्पका कारण नेपाली पनि त्रसित बने—कतै नेपालमा फेरि गत वर्ष बैशाख १२ जस्तै भूकम्प आउँछ कि भनेर ।

तर भूकम्पको भविष्यवाणी गर्न नसकिए पनि यसको विगतको प्रवृत्ति हेरेर वैज्ञानिकले नतर्सिन आग्रह गरेका छन् । राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार नेपालमा प्रत्यक वर्ष चार रेक्टर स्केलमाथिका भूकम्प ५० पटकभन्दा बढी भएका छन् ।

अधिकारीका अनुसार विश्वमा वर्षभरी १५ लाखपटक भूकम्प जान्छ । सामान्यतया प्रत्येक वर्ष विश्वमा कही न कही ८ रेक्टर स्केलका भूकम्प एकपटक भएको देखिन्छ ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •