अमेरिकाको क्यारेबियन टापुमा अवस्थित एन्टिगुगा र बरबुडा क्षेत्रमा ६ म्याग्निट्युडको भूकम्पको धक्का महसुस भएको अमेरिकी भूगर्भ विभागले जनाएको छ।
भूकम्पका कारण सुनामी भने नआउने अमेरिकी भूगर्भविद्हरुले जनाएका छन्। साथै भूकम्पका कारण कुनै मानवीय तथा भौतिक संरचनामा क्षति भएको खबर यो समाचार तयारगर्ने बेलासम्म आइनसकेको अमेरिकाले जनाएको छ।

ग्रीनविच समय अनुसार ११ बजेर २६ मिनेट जाँदा आएको उक्त भूकम्पीय धक्काको केन्द्रविन्दू सेन्टजोनको राजधानीबाट १५३ किलोमिटर उत्तरपूर्वमा २४ किलोमिटर गहिराईमा भएको विभागले जनाएको छ।