लामो समयपछि भूकम्पको ठूलो धक्का

170
  •  
  •  
  •  

काठमाडौं २३ माघ (ओएनएस) धेरैपछि भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । साना पराकम्पन आउनेक्रम जारी रहेपनि गएराती लामो समयपछि भूकम्पको ठूलो धक्का महसुस भएको छ । सिन्धुपाल्चोक र नुवाकोटको सिमानालाई केन्द्रविन्दु बनाएर राति १० बजेर ५ मिनेट जाँदा ५ दशमलब ५ रेक्टर स्केलको परकम्पन गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्प नभई पुरानै भूकम्पको परकम्पनका रुपमा आएको हो । १० किलोमिटर गहिराए बनाएर भूकम्पको परकम्पन गएकाले ठूलो धक्का महसुस गरिएको अधिकारीले बताए ।

Date (YYYYMMDD) Local time Latitude Longitude Magnitude(ML)
(≥4 only )
Remarks Epicentre Form
2016/02/05 22:05 27.98 85.53 5.5 NSC Sindhupalchowk

ठूलै धक्का गएपछि सर्वसाधारण घरबाहिर निस्किए । भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा राम्रै महसुस भएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार बिहारमा पनि धक्का महसुस भएको थियो ।वैशाख १२मा गएको विनाशकारी भूकम्पपछि अहिलेसमम्म ४ सय २८ पटक भन्दा ४ रेक्टर स्केलमाथिका परकम्प गइसकेका छन् ।


  •  
  •  
  •