उत्तर कोरियामा भूकम्प, परमाणु परीक्षणस्थल नजिकै धक्का

104
  •  
  •  
  •  

काठमाडौं २२ पुस (एजेन्सी) : विगतमा उत्तर कोरियाले परमाणु परीक्षणका लागि प्रयोग गरेको स्थान नजिकै ५ दशमलव १ म्यागनिच्युडको धक्का महसुस गरिएको छ।

तर परमाणु विष्फोट वा भौगर्भिक कुन कारणले उक्त धक्का महसुस गरियो भन्ने स्पष्ट भइनसकेको बताइएको छ। चिनियाँ र दक्षिण कोरीयाली अधिकारीहरुले त्यो धक्का मानव श्रृजित भएको जनाएका छन् जसको अर्थ उत्तर कोरियाले परमाणु विष्फोट गराएको हुनसक्ने बुझिन्छ।दक्षिण कोरियाको योनहाप समाचार संस्थाले घटनापछि मन्त्रीहरुको आपतकालीन बैठक बसिरहेको जनाएको छ।

दक्षिण कोरियाली अधिकारीहरुले कृत्रिम रुपमा विष्फोट गराइएको बताएका छन्। उत्तर कोरियाले विगत दशकमा ३ वटा परमाणु परीक्षण गरेको थियो जसको व्यापक आलोचना भएको थियो।यसैबीच दक्षिण कोरियाका संचारमाध्यमहरुले गएको डिसेम्बर अन्त्यमा उत्तर कोरियाले पनडुबीबाट एउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ।त्यो प्रयोग सफल भयो वा भएन भन्ने खुलाइएको छैन। वीवीसीले नेपाली सेवाले लेखेको छ ।

त्यसअघि नोभेम्बरमा गरिएको परीक्षण विफल भएको थियो। अघिल्लो वर्षको शुरुमा उत्तर कोरियाले पनडुबीबाट गरिएको क्षेप्यास्त्र परीक्षण सफल भएको भन्दै प्रमाणका रुपमा तस्वीरहरु सार्वजनिक गरेको थियो। अमेरिकी अधिकारीहरुले ती तस्वीरहरु झुठ्ठा रहेको र त्यस्तो प्रविधि विकास गर्न उत्तर कोरियालाई अझै वर्षौ लाग्ने जनाएका थिए। उत्तर कोरियाले सन् २००६ यता पुङगेरी रहेको केन्द्रबाट ३ वटा भूमिगत परमाणु परीक्षण गरिसकेको छ।


  •  
  •  
  •