भारतमा शक्तिशाली भूकम्प, नेपालमा पनि धक्का

330
  •  
  •  
  •  

काठमाडौं, २० पस (ओएनएस): बिहानै भारतको मणिपुरमा शक्तिशाली भूकम्प गएको छ । नेपाली समयअनुसार बिहान ४ बजेर ५२ मिनेटमा भूकम्प गएको हो ।

मणिपुरमा पाँचजनाको मृत्यु भएको छ । कम्तीमा ३३ जना घाइते भएको रिपोर्ट राष्ट्रिय विपत व्यवस्थापन प्राधिकरणले जनाएको बीबीसी हिन्दीले लेखेको छ ।

थप भूकम्पबाट कयौ घाइते भएका छन् । नेपालको पूर्वी भागमा समेत भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ४ बजेर ५२ मिनेटमा भारतको मणिपुरलाई केन्द्रबिन्दु बनाएर ६.८ रेक्टर स्केलको भूकम्प गएको छ ।

Injured in Hospital
तस्बिरहरू बीबीसी अनलाइन
6 story building collapsed in the city of Imphal
भूकम्पले क्षतिग्रस्त पाँचतले भवन

bhagabhag

ताप्लेजुङ, झापा, भोजपुर, धनकुटा, सुनसरी लगायत मध्य नेपालका काठमाडौं उपत्यका र पश्चिमका पोखरासहितका भूभागसम्म महसुस गरिएको छ ।

पृथ्वीको सतहबाट १० किलोमिटर तल गएको यो भूकम्पले नेपालको पूर्वी क्षेत्रको अधिकांश भाग तथा पश्चिम क्षेत्रको केही भाग पनि हल्लाएको छ ।

नेपाल राष्ट्रिय भुकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीका अनुसार ६ दशमलब ८ म्याग्नेच्युटका भुकम्प भारतको मनिपुरलाई केन्द्र बनाएर गएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार भारतको मनिपुरमा केहि घर भत्काएको छ । केहीको मृत्यु भएको बताइएपनि क्षतिको विबरण आइ सकेको छैन ।


  •  
  •  
  •