काठमाडौंमा बिहानै भूकम्प

261
  •  
  •  
  •  

काठमाडौं १४ मंसिर (ओएनएस) : लामो समयपछि काठमाडौमा भूकम्प गएको छ । आज बिहान काठमाडौंको बुढानिलकण्ठ आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहान ६ बजेर १० मनेटमा ४.१ म्याग्निच्यूडको धक्‍का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि शुक्रबार दिउँसो काभ्रेपलान्चोकको बनेपा बजारलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का गएको थियो भने बुधबार सिन्धुपाल्चोकमा पराकम्पन गएको थियो ।


  •  
  •  
  •