ताप्लेजुङमा नयाँ भूकम्प, दोलखामा पराकम्प

125
  •  
  •  
  •  

काठमाडौं ३० साउन (ओएनएस) पश्चिम नेपालमा भूकम्प जाने अनुमान लगाइ रहेका बेला पूर्वी नेपालमा भूकम्प गएको छ । नयाँ केन्द्र विन्दुका रुपमा शनिबार ताप्लेजुङलाई केन्द्र बनाएर भूकम्प गएको छ ।

विहान ११ बजेर ४२ मिनेटमा ४.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ताप्लेजुङमा गएको भूकम्प नयाँ केन्द्र विन्दुका रुपमा रहेका केन्द्रले जनाएको छ । गोरखा भूकम्पपछिको पराकम्प नभई यो नयाँ भकम्प हो ।

Date (YYYYMMDD) UTC Time Latitude Longitude Magnitude(ML) Remarks Epicentre Form
2015/08/15 05:42 27.33 87.87 4.5 NSC Taplejung
2015/08/09 18:36 30.10 81.85 4.0 RSC/NSC Humla

आजै दोलखामा केन्द्र बनाएर पराकम्प गएको थियो । बिहान १० बजेर १० मिनेटमा दोलखा केन्द्र बनाएर पराकम्प गएको मापन केन्द्रले जनाएको छ ।


  •  
  •  
  •