बिहानै ५ म्याग्निच्युटको भूकम्प

101
  •  
  •  
  •  

काठमाडौं १४ असार (ओएनएस) : भूकम्पपछिका पराकम्पन घट्दै गएका छन् ।  आज बिहानै ५ म्याग्निच्युटको भूकम्प गएको छ । लामो समयपछि रामेछाम केन्द्र बनाएर ५ म्याग्निच्युटको भूकम्प गएको हो । त्यसले काठमाडौं सहित धेरै ठाउँमा पराकम्पनको महसुस गरिएको थियो । असार २ गते सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाई ५.१ म्याग्निच्यूडको भूकम्प गएपछि सोमबार बिहान ५ म्याग्न्च्यिूडको भूकम्प गएको हो ।
त्यस्तै गएराति भूकम्पको धक्का महसुस भएको छ । राती १० बजेर एक मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

2015/06/29 05:42 27.35 86.2 5.0 NSC Ramechhap
2015/06/28 22:01 27.92 85.66 4.3 NSC Sindhupalchok

दुर्इ दिनदेखि नेपाल केन्द्रविन्दु भएर भूकम्पको धक्का गएको थिएन । दुर्इ दिनअघि ललितपुर र दोलखा केन्द्रविन्दु भएका ४.१ र ४.२ म्याग्न्च्यिूडका भूकम्पको धक्का गएका थिए ।


  •  
  •  
  •