बिहिबार राति भूकम्पको धक्का महसुस

120
  •  
  •  
  •  

काठमाडौं , २९ जेठ (ओएनएस): लामो समयपछि भूकम्पको ठूलो धक्का महसुस भएको छ । गएराति सिन्धुपाल्चोकमा गएको भूकम्पको धक्का भूकम्प प्रभवित अधिकांस जिल्लामा महसुस भएको छ । काठमाडौं उपत्यका लगायतका ठाउँमा नागरिक घर बाहिर निस्केका थिए ।

राति ९ बजेर ५७ मिनेटमा करिब १० सेकेन्डसम्म भूकम्पको धक्का महसुस भएको हो । सिन्धुपाल्चोकलार्इ केन्द्रबिन्दु बनाएर ५‍.३ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौैं उपत्यका, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, गोरखा, चितवन र नवलपरासीसम्म महसुस भएको छ ।

राती १ जेर २२ मिनेटमा पनि गोरखा केन्द्र बनाएरु भूकम्प गएको छ । गोरखा केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


  •  
  •  
  •