वैशाखअघि पनि लगातार भूकम्‍प

132
  •  
  •  
  •  

काठमाडौं २१ जेठ ।
महाभूकम्पपछिका परकम्पहरू पातलिएका छन्। छिटफुट आइरहेका साना धक्काले पनि सर्वसाधारण आतंकित हुने क्रम घटेको छैन। वैशाख १२ गतेअघिका भूकम्प कमै थाहा पाउने सर्वसाधारण अहिले साना धक्काबाट समेत तर्सिरहेका छन्।
तर विगत १० वर्षमा नेपाल केन्द्रबिन्दु भएर गएका भूकम्पको तथ्यांक हेर्दा थाहा हुन्छ- साना (चारदेखि छ रेक्टर स्केलसम्मका) भूकम्प वैशाख १२ अघि पनि हरेक महिना गइरहेकै थिए।
यी भूक प वैशाख १२ पछि मात्रै जान थालेका होइनन्, बर्सौंदेखि निरन्तर गइरहेका छन्। १० वर्षमा चार रेक्टर स्केलभन्दा माथिका मात्रै एक सय ८० वटा भूकम्प गइसकेका छन्।
वैशाख १२ को महाभूक पअघिका ११ दिनमा मात्रै चारवटा भूकम्प गइसकेका थिए। सर्वसाधारणबीच यसको कुनै चासो र चर्चै भएन। तीमध्ये एउटा ५.१ रेक्टर स्ेकलको थियो भने बाँकी चारभन्दा बढीका थिए।
त्यस्तै सन् २०१४ भरिमा ११ वटा भूकम्प गए। २०१४ मा सोलुखुम्बु र नेपाल-तिब्बत सीमामा दुईवटा छुट्टाछुट्टै ५.९ रेक्टर स्केलका भूकम्प गएका थिए। बाँकी सबै चारदेखि पाँचबीचका छन्। यसमध्ये सोलुखुम्बु केन्द्र भएर गएको भूकम्पको केही चर्चा भयो, बाँकी सर्वसाधारणले पत्तै पाएनन्।

सन् २०१३ मा पनि २६ वटा भूकम्प गए। २०७० भदौ १४ (अगस्ट ३०) मा तिब्बत-नेपाल सीमा केन्द्रबिन्दु भएको ६ रेक्टर स्केलको भूकम्प गयो। यसले जनधनको क्षति गरेन। त्यो वर्ष पश्चिम नेपाल केन्द्रबिन्दु भएर पाँच रेक्टरभन्दा माथिका धेरै भूकम्प गए।
चार रेक्टरभन्दा माथिका अरू भूकम्पको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म केन्द्र थियो। ‘गोरखा केन्द्रबिन्दु भएर गत वैशाख १२ मा गएको ७.६ रेक्टर स्केलको भूक पपछि परकम्प जाने क्रमचाहिँ बढेको हो।
भूकम्प त उहिल्यैदेखि निरन्तर गइरहेकै छ’, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भने।
सन् २०१२ मा ३७ वटा चार रेक्टरभन्दा बढीका भूकम्प गए। यीमध्ये पाँचभन्दा माथिका सातवटा र बाँकी चारदेखि पाँचबीचका हुन्। अधिकांश यी भूकम्पको केन्द्रबिन्दु पश्चिम नेपाल थियो।
सन् २०११ मा सबैभन्दा धेरै ४२ वटा भूकम्प गए। सेप्टेम्बर १८ (२०६८ असोज १) मा ताप्लेजुङ र सिक्किम सीमामा केन्द्र भएको ६.८ रेक्टर स्केलको भूकम्पले त्यो क्षेत्र निक्कै हल्लायो।
धेरै वर्षपछि आएको यो भूकम्प ठूलो थियो। तर यो भूक पपछि भने सर्वसाधारण त्रसित भएर रातभर पालमा बसेनन्। ४२ मध्ये दुईवटा पाँचमाथिका र बाँकी ३९ वटा चारदेखि पाँच रेक्टर स्केलका थिए।
सन् २०१० मा १९ वटा भूकम्प गए। यीमध्ये एउटा पाँच र बाँकी चारदेखि पाँचसम्मका छन्। यो वर्ष पनि भूकम्पको अधिकांश केन्द्र पश्चिम क्षेत्रमा थियो। पूर्वाञ्चलमा केन्द्र भएका थोरै मात्रै भूकम्प गए।
सन् २००९ मा पनि १८ वटा भूकम्प गए। यो वर्ष पाँचभन्दा माथिका भूकम्प नै गएनन्। सबै भूकम्प चारदेखि पाँच रेक्टरसम्मका थिए। सन् २००८ मा २४ वटा भूकम्प गए।
त्यो वर्ष डिसेम्बर ८ (२०६५ मंसिर २३) मा हुम्ला केन्द्र पारेर ६ रेक्टरको भूकम्प सबैभन्दा ठूलो थियो। त्यसलगत्तै पाँचका दुई र बाँकी सबै चारदेखि पाँच रेक्टरका भूकम्प गए। यसभन्दा अघि पनि निरन्तर भूकम्प गइरहेकै थिए।
वैशाख १२ पछि भने परकम्प आउने क्रम बढ्यो। सन् २०१५ का ६ महिनामा दुई सय ९९ वटा चार रेक्टर स्केलभन्दा माथिका भूकम्प गए।
भूकम्पविद्हरूका अनुसार ठूलो भूकम्प गएपछि साना परकम्प आउनु सामान्य हो। ‘परकम्प आउने क्रम बिस्तारै घट्छ। यसलाई सामान्य प्रक्रियाका रूपमा लिनुपर्छ’, अधिकारीले भने।
भूकम्प मापन केन्द्रले चार रेक्टर स्केलभन्दा माथिका भूक पको मात्रै रेकर्ड राख्छ। योभन्दा साना भूकम्प दैनिक ठूलो संख्यामा गइरहने विज्ञहरू बताउँछन्।

अन्नपूर्णपाष्टबाट


  •  
  •  
  •