काठमाडौ, २ असोज(एजेन्सी) : नासाले प्लुटोका केही तस्विरहरू सार्वजनिक गरेको छ । प्लुटोका यी तस्विरहरूले प्लुटोलाई पृथ्वी जस्तै देखाएको छ । यसमा सुन्दर पहाडहरू छन् । यस्ता तस्विर देखेर नासाका वैज्ञानिकहरू नै हैरान भएका छन् ।
गत १४ जुलाई लिइएको तस्विरमा अस्ताउँदै गरेको सूर्य देखिएको छ । वैज्ञानिकहरुका अनुसार प्लुटोमा देखिएको पहाडको उचाई करिब ११ हजार फिट भएको अनुमान गरेका छन् । प्रमुख वैज्ञानिक प्रोफेसर एलन स्टर्नले भने, ‘यी तस्विर देख्दा यस्तो लाग्छ कि तपाई आफै प्लुटोमा नै हुनुहुन्छ ।’
नासाका वैज्ञानिकहरूका अनुसार यहाँ पनि पृथ्वीजस्तै जीवनको रहेको हुन सक्ने सम्भावना रहेको छ । यी तस्विर प्लुटोमा रहेका पहाडका साथै झरना र समतल जमिनलाई पनि देखाउँछ । नासाका यी तस्विर गत साता सार्वजनिक गरेको थियो ।