काठमाडौं, २२ असार (ओएनएस) । व्यवस्थापनको सम्पुर्ण काम डिजिटलाइज्ड गरेको एमालेको नवौं महाविधेशनमा मतदान भने मतपत्रद्वारा हुने भएको छ । इ–भोटिङ प्रयोग गर्न सबै तयारी पुरा भइसक पनि अन्तिम अवस्थामा आएर इ–भोटिङ रद्द गरिएको एमाले नेता रघुजी पन्तले जानकारी दिए ।
इन्जिनीयरहरुले इलेन्ट्रोनिक भोटिङ मेशिनको सकारात्मक र नकारात्मक विषयको जानकारी शीर्ष नेतालाई जानकारी गराएपछि भोटिङ मेशिन प्रयोग नगर्ने निर्णय भएको पन्तले जानकारी दिए । भोटिङ मेशिन प्रयोग नगर्ने भएपछि अहिले मतपत्र छपाई गर्ने तयारी भइरहेको छ ।
महाधिवेशन उद्घाटन् रोवटमार्फत गर्ने भनिए पनि ‘प्राविधिक’ कारण भन्दै अध्यक्ष झलनाथ खनालले गरेका थिए । उद्घाटनसत्रमा रोवटमार्फत पुप्पवृष्टि गराइएको थियो ।
महाधिवेशनमा नेपाली वैज्ञानिकद्वय राम–लक्ष्मणले निर्माण गरेको भोटिङ महाधिवेशनमा प्रयोग गर्ने तयारी भएको थियो ।