अव अनलाइनबाटै बुकिङ गर्नुहोस बसको टिकट

109
  •  
  •  
  •  

काठमाडौं ,१५ भदौ (ओएनएस) : अब दशैमा घर जान अनलाइनबाटै टिकट बुकिङ गर्न सकिने भएको छ । विभिन्न अनलाइन कम्पनीहरुले यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै यस्तो सेवा सञ्चालनमा ल्याएका छन् ।

यसै क्रममा ई–सेवाले दुई हप्ता अघिदेखि बससेवा डटकम सञ्चालनमा ल्याएको छ । दशैंलाई लक्षित गरेर २ सय भन्दा बढी स्थानको टिकट बुकिङ गर्न बससेवाले जानकारी दिएको छ । त्यस्तै बस सेवाले वाइफाइ र एसी सुविधा भएको बसलाई बढी प्राथमिकता दिने जानकारी दिएको छ ।

कम्पनीले आगामी २० गतेसम्म टिकट बुकिङ गर्ने लाई ५ प्रतिशतसम्म छुट दिने भएको छ । ग्राहकले आफ्नो मोवाइलमा उपलब्ध कोडलाई सुरक्षित राख्नुपर्छ । साथै मोवाइलमा देखिने ठिकटलाई पनि प्रिण्ट गरेर टिकट सुरक्षित गर्न सकिन्छ ।

त्यस्तै यागिटेन प्रालिअन्तर्गतको अलनेपाल ट्रिप्स डटकमले पनि काठमाडौ पोखर र चितवनका यात्रुहरुलाई अनलाइन टिकट बुकिङको सुविधा प्रदान गरेको छ । टिकट सेवा डटकमले पनि पूर्वी तराइका विभिन्न जिल्लामा यो सेवा सञ्चालन गर्ने भएको छ । यात्रुले टिकट वुकिङ गर्दा बस काउण्टरमा तिर्ने पैसा र बससेवाले उपलब्ध गराउने टिकटको पैसा उतिनै भएको बताइएको छ ।

 


  •  
  •  
  •