असोज २५ बाट डिभी खुल्ने

72
  •  
  •  
  •  

काठमाडौं, ११ असोज (ओएनएस)  : सन् २०१६ को डाइभसिर्टी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन दर्ता आगामी बुधबार (असोज १५) देखि आरम्भ हुने भएको छ । आवेदन गर्ने अवधि एक महिना दुई दिन रहनेछ । अर्थात कार्त्तिक १७ सम्म आवेदन दर्ता गर्न सक्नेछन् । अमेरिकी दुतावासले शुक्रबार एक विज्ञप्ती जारी गरेर डिभी आवेदकहरुलाई चाँडै आवेदन भर्न आग्रह गरेको छ ।

ई-डिभी चिट्ठामा प्रवेश गर्नका लागि कुनै पनि शुल्क नलाग्ने भन्दै आवेदन गर्न कन्सल्टेन्टको सहयोग नलिन समेत दुतावासले सुझाएको छ । आवेदन सम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्न दूतावासको आग्रह छ । सहयोग जसले उपलब्ध गराए पनि आफ्नो आवेदनका लागि आफै जिम्मेवार रहनुपर्ने पनि उल्लेख छ ।

२०१६ को डिभी आवेदन विद्युतिय रुपमा दर्ता हुने पनि बताइएको छ । आवेदकहरुले दर्ता अवधिको बेलामा ‘डब्लुडब्लुडब्लु डट डीभिलोट्री डट स्टेट डट जिओभी’ मा गई ई-डिभी आवेदन फारम भर्नसक्ने बताइएको छ । अर्को बर्षको मे ५ मा नतिजा बाहिर आउनेछ तर त्यसमा पर्दैमा डिभी विजेताका रुपमा छानिँदैमा छानिएको ब्यक्तिले भिसा पाउछ भन्ने हुदैन भन्दै दूतावासबाट जारी विज्ञप्तीमा उल्लेख भएको छ ।  डिभीमा छानिएर विभिन्न चरण पार गरेर भिसाका लागि अन्तर्वार्ता दिनेसम्म पुगेपछि कन्सुलर अफिसरले छानिएका ब्यक्तिको योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि कत्तिको योग्य छ त्यो सबै बुझेर निक्यौर्ंल गर्नेछ ।


  •  
  •  
  •