‘अब सबै मुद्दाको जानकारी मोवाइलमा’

502
  •  
  •  
  •  

जनकपुर, २३ मंसिर (ओएनएस) : अदालती कामहरु सुचना प्रविधिको नेटवर्कसँग जोडिएपछि अब अदालतमा चल्ने मुद्दा सम्बन्धि सबै जानकारी मोवाईलमै पाइने भएको छ । सर्बाेच्च अदालतले मातहतका कार्यालयका कामलाई इन्टरनेट नेटवर्कसँग जोड्ने कामको विस्तार तीब्र पारेसँगै सार्वसाधारणले मोबाइलबाट पनि उक्त सुविधा लिन पाउने भएका हुन् ।

सर्बाेच्चले देश भरि नै आदालतका कामलाई इन्टरनेटबाट जनतासमक्ष पुर्याउने क्रममा मंगलबार जनकपुरमा आफ्नो सेवा सुरु गरेको छ । अदालतको अनलाइन, तारिख, म्याद तामेली, एसएमएस सेवासम्बन्धी देशभरी तालिम सुरु गरेको अदतालले सबै कामहरु इन्टरनेटमा राख्नेछ ।

सेवा सुरु गरेपछि प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले नागरिकलाई सेवा छिटो र सजिलो बनाउन अदालती प्रक्रिया प्रविधिसँग जोडिएको बताए । जनकपुरमा अदालतका कर्मचारीहरुको लागि सुचना प्रविधिको तालिमको उद्घाटन गर्दै प्रधानन्यायाधीश साहले परम्परागत कार्य प्रणालीमा परिवर्तन ल्याउन सूचना प्रविधिलाई जोड दिने बताए । उनले प्रविधिको प्रयोगले सेवा छिटो, सजिलो र पारादर्शी हुने पनि दावी गरे । अदालतको अनलाइन, तारिख, म्याद तामेली, एसएमएस सेवासम्बन्धी देशभरी तालिम सुरु भएको छ ।

प्रधानन्यायाधीश साहले मुद्दासम्बन्धी सम्पूर्ण जानकारी अब मोबाइलबाट पनि प्राप्त गर्न सकिने जानकारी दिँदै कागज कम प्रयोग गर्ने दूरगामी योजना अघि सारिएको बताए । प्रधानन्यायाधीश साहले सूचना प्रविधि सफ्टवेयरको विस्तार जिल्ला र पुनरावेदन अदालतमा गर्ने योजना रहेको पनि जानकारी दिए ।


  •  
  •  
  •