पीआर र डिभि लिने कर्मचारीको नाम तीन दिनभित्र पेश गर्न निर्देशन

186
  •  
  •  
  •  

byawastika-samsadh-270x120काठमाडौं, १७ मंसिर (ओएनएस)  : व्यवस्थापीका संसदको राज्य व्यवस्था समितिले विदेशी स्थायी बसोवासको अनुमति (डिभी, पीआर, ग्रिनकार्ड) लिने सरकारी कर्मचारीको नामावली पेश गर्न सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।

बुधबार सिंहदरबारमा बसेको बैठकले तीन दिनभित्र नामावली पेश गर्न निर्देशन दिएको हो । निजामती सेवा ऐन संसोधन विद्येयकमाथि छलफलको क्रममा समितिले डिभि, पीआर, ग्रिनकार्ड लिने कार्मचारीको नाम पेश गर्न सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो । छलफलको क्रममा सभासदहरुले सामान्य प्रशासन मन्त्री लालबाबु पण्ढिडत समक्ष डिभि, पीआर लिने कार्मचारीको नाम सार्वजनिक गर्न माग गरेका थिए ।

‘नेपाल सरकारको सुबिधा लिएर विदेशी मुलुकको स्थायी बासोबासको अनुमतिपत्र लिने कर्मचारीको नाम तीन दिनभित्र सार्वजनिक गर्न सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ । ’ छलफलमा भाग लिएका सभासद यज्ञबहादुर सुनारले भने । ‘सरकारी कर्मचारीका श्रीमान्–श्रीमती दुबैले पीआर, डिभि लिन नपाउनेमा सभासदहरुले जोड दिनु भयो ।’

यसअघि सामान्य प्रशासन मन्त्री पण्डितले श्रीमान् श्रीमती दुबैले पीआर लिन नपाउने ऐन ल्याउने बताएपनि संसदमा दर्ता भएको ऐनमा सरकारी कर्मचारीले मात्र डिभि, पीआर लिन नपाउने प्रस्ताव गरिएको छ । सभासदहरुले डिभि, पीआर लिने कर्मचारीको नामावली माग गरेपछि मन्त्रीले ऐन पारित भएको एकमहिना भित्र जानकारी गराउनु पर्ने र त्यसको महिनादिनत्रि खारेज गर्नु पर्ने ब्यवस्था रहेकोले त्यसपछि मात्र नाम उपलब्ध गराउन सकिने जवाफ दिएका थिए ।


  •  
  •  
  •