खुल्यो डिभी, आज रातिबाट भर्न सकिने

105
  •  
  •  
  •  

काठमाडौं । सन् २०२२ को डाइभर्सिटी भिसा डिभीका लागि आज रातिदेखि फारम भर्न सकिने भएको छ । नेपाली समयअनुसार राति पौने १० बजेदेखि फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसको समयसीमा २०७७ कार्तिक २५ (नोभेम्बर १०) सम्म तोकिएको छ ।

डीभीको आवेदन खुले पछि निःशुल्क आफैले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।

दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिनसमेत आग्रह गरेको छ ।


  •  
  •  
  •