डीभीको नतिजा सार्वजनिक

354
  •  
  •  
  •  

काठमाडौं, २५ वैशाख(ओएनएस) : अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा सार्वजनिक भएको छ ।

गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो । ईडीभी को नतिजा नेपाली समय अनुसार मंगलबार बेलुका ९ बजेर ४५ मिनेटमा सार्वजनिक भएको हो ।

नतिजा www.dvlottery.state.gov मा गएर हेर्न सकिन्छ । डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

ईडीभी आवेदन भरेका अधिकांशले हेरिरहेकाले वेबसाइट भने खुल्न सकिरहेको छैन ।

ईडीभीका विजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरू गर्नेछन् ।


  •  
  •  
  •