काठमाडौं २० फागुन (ओएनएस) १३ औं महाधिवेशनमा नेतृत्व प्रत्यासी शेरबहादुर देउवाले आज प्यानल घोषणा गर्ने भएका छन् । देउवा निकट नेता मीनबहादुर विश्वकर्माका अनुसार बिहान ११ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्यानल घोषणा गर्ने छन् । देउवा सभापति, अर्जुननरसिंह केसी महामन्त्री र चित्रलेखा यादव कोषाध्यक्षकारुपमा उम्मेदवार हुने भएका छन् ।
संस्थापन समूहबाट बुधबार नै रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाका अलग अलग प्यानल घोषणा भएका छन् । पौडेल सभापति प्रत्यासी रहेको समूहमा सशांक कोइराला महामन्त्रीका उम्मेदवार छन् । पौडेलले कोषाध्यक्ष भने टुंगो लागेको छैन ।
सिटौला सभापति प्रत्यासी रहेको समूहमा गगन थापा महामन्त्री र उमाकान्त चौधरी कोषाध्यक्ष छन् ।