एम्बुलेन्सको खर्च जुटाउन देउसीभैलो

92
  •  
  •  
  •  

काठमाडौं १० कात्तिक (ओएनएस) : पर्वतको कुश्मामा एम्बुलेन्स सञ्चालनका लागी पुन युवा क्लवले देउसी भैलो खेलेको छ ।

गतबर्ष जिल्लामा एम्बुलेन्स भित्राएको क्लवले यो बर्ष एम्बुलेन्स सञ्चालनको खर्च जुटाउन देउसी भैलोको आयोजना गरेको हो ।
क्लवले कार्तिक ४ गतेदेखी देउसीभैलो खेलिरहेको छ । क्लवले यो बर्ष ५ लाख भन्दा बढि रकम संकलन गरेको जानकारी दिएको छ ।  सबै रकम एम्बुलेन्स सञ्चालनमा चाहिने इन्धन र मर्मतमा खर्चिने पुन युवा क्लवका सचिव प्रिति पुनले बताए
गतबर्ष साढे पाँच लाख रुपैँया देउसी भैलोबाटै संकलन गरेको क्लवले यो बर्षपनी सोहि हाराहारीमा रकम संकलन गर्ने लक्ष्य राखेको छ । गतबर्षको देउसीभैलो कार्यक्रमबाट उठेको पैसा सहित  चैत्रमा १२ लाख खर्चिएर क्लवले एम्बुलेन्स खरिद गरि सञ्चालनमा ल्याएको छ ।

क्लवले एम्बुलेन्स सञ्चालनमा ल्याएपछि बिरामीहरुले राहात पाएका छन् । देउसीभैलो र बिभिन्न निकायको सहयोगमा एम्बुलेन्स खरिद गरिएको थियो । नेपाल सरकारले समेत ५० प्रतिशत भन्सार छुट उपलब्ध गराएर एम्बुलेन्स खरिदमा सहयोग पु¥याएको थियो ।


  •  
  •  
  •