फर्पिङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३४ घाइते

245
  •  
  •  
  •  

काठमाडौं, १५ चैत (अाेएनएस): फर्पिङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।

दक्षिणकालीबाट रत्नपार्क आउँदै गरेको बा १ ख ९९९९ नम्बरको यात्रुबाहक बस फर्पिङ भञ्ज्याङमा दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार बस पल्टिँदा घाइते भएका दक्षिणकाली नगरपालिका ५ का मन्जु बस्नेत र सुनिल श्रेष्ठको उपचारको क्रममा काठमाडौंको बयोधा अस्पतालमा ज्यान गएको हो ।

घाइते सबैको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । अहिले पनि घाइतेलाई अस्पताल ल्याउने काम भैरहेको छ ।


  •  
  •  
  •