दुर्जकुमार राई सशस्त्रको महानिरीक्षकमा नियुक्त

419
  •  
  •  
  •  

काठमाडौँ, १४ बैशाख(ओएनएस) : सरकारले दुर्जकुमार राईलाई सशस्त्र प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले कायममुकायम महानिरीक्षक राईलाई कायममुकायम महानिरीक्षकबाट महानिरीक्षकमा बढुवा गरेको हो । सशस्त्रका तत्कालीन प्रमुख कोषराज वन्तविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएपछि सरकारले राईलाई कायममुकायम महानिरीक्षकको जिम्मेवारी दिएको थियो ।

उनलाई सरकारले ०६९ भदौ २८ गतेको सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । दोस्रो जनआन्दोलन दबाउनका लागि भूमिका खेलेको भन्दै आलोचित बनेका राईलाई सरकारले गत २०७२ पुस ३ गते पदोन्नति गर्दै कामु प्रहरी निरीक्षकको जिम्मेवारी दिएको थियो ।


  •  
  •  
  •