बम समातेर फाल्ने प्रहरी राना सम्मानित

226
  •  
  •  
  •  

durga rana
काठमाडौं, १९ साउन (ओएनएस) : दोस्रो चरणको निर्वाचनका क्रममा अज्ञात समूहले मतदानस्थलमा फालेको बम समातेर अर्कैतिर फाल्ने प्रहरी सहायक निरीक्षक दुर्गाबहादुर राना सम्मानित भएका छन् ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालको उपस्थितिमा पूर्व नेपाल प्रहरी परिवार मञ्च, बेलायतले प्रहरी सहायक निरीक्षक रानालाई बिहीबार नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।

प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा मञ्चको तर्फबाट मञ्चका सल्लाहकार एवं नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठले प्रहरी सहायक निरीक्षक रानालाई नगद ५१ हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरे ।

सो अवसरमा बोल्दै प्रहरी महानिरीक्षक अर्यालले प्रहरी सहायक निरीक्षक रानाको साहसको प्रशंसा गर्दै यसले नेपाल प्रहरीको मनाबल बढाएको बताए । उनले यसले देश, विदेशमा रहेका नेपालीहरु माझ प्रहरी संगठनको पहिचान र लोकप्रियतालाई नयाँ उचाईमा पु¥याएको बताए ।

समारोहमा बोल्दै मञ्चका सल्लाहकार एवं नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठले प्रहरी सहायक निरीक्षक रानाले दोएको बहादुरीले ठूलो जनधनको क्षति हुनबाट जोगिएको भात्रै नभई सिंगो प्रहरीकोसमेत गौरब बढाएको बताए ।

प्रहरी सहायक निरीक्षक रानाले निर्वाचनको बेला दाङ तुल्सीपुर उपमहानगरपालिकाको एक मतदानस्थलमा अज्ञात समूहले फालेको बम समातेर मानिस नभएको ठाउँमा फालेका थिए र जनधनको क्षति हुनबाट बचाएका थिए ।


  •  
  •  
  •