भक्तपुर । बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रहरीले जिल्ला प्रशासनको अनुमति पाएको छ ।
मेडिकल कलेजको सम्बन्धन दिनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ मागेको आरोप लगाएपछि गिरीले प्रसाईँविरुद्ध जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा मानहानी र गालीगलौजको निवेदन दर्ता गराएका थिए ।
गिरीको निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरले दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।
अनुमति पाएलगत्तै प्रहरी प्रसाईँको घरमा पुगे पनि प्रसाईँ भने फरार रहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।