राष्ट्रियसभा सांसद उपाध्यायको निधन

84
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय सभा सांसद दुर्गाप्रसाद उपाध्यायको शुक्रबार बिहान निधन भएको छ । नेपाली कांग्रेसका नेता उपाध्याय केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उनको रुपन्देहीमा रहेको आफ्नै निवासमा निधन भएको हो ।

उनको शुक्रबार नै लुम्बिनीमा अन्त्येष्टि गरिने पारिवारीक स्रोतले बताएको छ । उनी यसअघि नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ को क्षेत्रीय सभापति थिए ।

२०४२ सालबाट राजनीतिक रुपमा सक्रिय भएका उनी २०५४ सालमा गाविस उपाध्यक्ष चुनिएका थिए ।


  •  
  •  
  •