दुर्गा प्रसाईं साधारण तारेखमा रिहा

43
  •  
  •  
  •  

भक्तपुर । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले माघ २ गते अभद्र व्यवहार गरेको उजुरीमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार प्रहरीले आइतबार जिल्ला सरकारी वकिललाई प्रसाईंविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । त्यसपछि सरकारी वकिल कार्यालयले जिल्ला प्रशासनमा मुद्दा दर्ता गरेको थियो ।
मंगलबार प्रशासन कार्यालयमा गएर बयान दिएका थिए । प्रसाईंको बयानपछि उनलाई साधारण तारेखमा छोड्ने आदेश दिइएको हो ।

प्रसाईंले आफूविरुद्ध अभद्र व्यवहार, गाली बेइज्जती तथा मानहानी गरेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले उजुरी दिएका थिए ।


  •  
  •  
  •