काठमाडौं, ४ जेठ (ओएनएस) । मुलुकको प्रशासन क्षेत्रमा नक्कली प्रमाणपत्रकारी कर्मचारीहरु रहेको तथ्य फेला परेको छ । अध्ययन नगर्ने अनि भारतबाट नक्कली प्रमाणपत्र पेश गरी सरकारी जागिर खाने २० जना कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उक्त तथ्य सार्वजनिक भएको हो ।
यसरी नक्कली प्रमाणपत्र पेश गरेर सरकारी ओेहोदामा पुग्नेहरुमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, राष्ट्रिय अनुसन्धान विभागदेखि नेपाल टेलिकमसम्मका कर्मचारी रहेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सडक विभाग खोडपा बझाङ, नेपाल विद्युत प्राधिकरणमासमेत नक्कली प्रमाणपत्र पेश गरेर पद प्राप्त गरेको रहस्य खुलेको हो । यसरी नक्कली प्रमाणपत्र पेश गरेर पद प्राप्त गर्नेमा अधिकांश अधिकृत रहेका छन् ।
नक्कली प्रमाणपत्र भएको आरोप लागेका कर्मचारीहरु ।
नक्कली शैक्षिक प्रमाणपत्र भएका पहरी, शिक्षकको नामावली यहाँ क्लिक गर्नुहोस ।