यी हुन् नक्कली शैक्षिक योग्यता पेश गरी जागिर खाने प्रहरीहरु (नामवलीसहित)

465
  •  
  •  
  •  

मदन कोइराला

काठमाडौं, २ असार (ओएनएस) । नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४६ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नक्कली प्रमाणपत्र पेश गरेर जागिर खानेमा प्रहरीभित्र प्रहरी नायव उपरिक्षक (डिएसपी) देखि प्रहरी जवानसम्म छन् । उनीहरुसबैले नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यसरी नक्कली प्रमाणपत्र पेश गरेर जागिर खानेमा सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक (डिएसपी) बालकृष्ण थापा, सशस्त्रकै निरीक्षकहरु, शंकर सिंह र तकमान महरा छन् । यसैगरी नेपाल प्रहरीका प्रहरी निरीक्षकद्वय गोपाल धमला र नरबहादुर विष्ट रहेका छन् । नक्कली प्रमाणपत्र पेश गर्ने सबै प्रहरीलाई निलम्बन गरिएको अख्तियारले जनाएको छ ।

(अर्काे चरणमा हामी नक्कली प्रमाणपत्र धारी शिक्षकको नामावली सार्वजनिक गर्ने छौं ।)

नक्कली प्रमाणपत्र पेश गर्ने प्रहरीको नामावली   ।

Page 1

Page 2


 Page 3 Page 4


  •  
  •  
  •