गेरुबस्त्र लगाएर बाबुराम–हिसिला पशुपतिमा !

345
  •  
  •  
  •  

काठमाडौं, २४ साउन (ओएनएस)  :  धर्मलाई अफिम मान्ने एमाओवादी नेता डा. बाबुराम भट्टराई र हिसिला यमी पशुपतिको दर्शन गर्न गएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सिकोगर्दै बाबुराम गेरुबस्त्र लगाएर पशुपति दर्शनमा गएका हुन् ।

‘सीताराम, सीताराम’ लेखिएको गेरुबस्त्र ओडेर बाबुराम पशुपतिमा जान खोज्दा हिसिलाले प्रश्न गरेकी थिइन् । जवाफमा बाबुरामले मोदी मन्दिर गएरै भारतको प्रधानमन्त्री बनेको दावी गर्दै भने, ‘बालाई लिएर मन्दिर गएको थिए, त्यसैले एकपटक मात्र प्रधानमन्त्री बने ।’

बाबुरामले पशुपति जान प्रस्ताव गरेपछि हिसिला सुरुमा अन्कनाइन्, ‘होइन, डा तिम्रो पार्टीमा लागेपछि पशुपति जान मिल्छ ?’ जवाफमा बाबुरामले भने, ‘शान्ति प्रक्रियामा आएपछि धार्मिक प्रक्रियामा जान किन नमिल्ने ?’

बाबुरामले भारतीय प्रधानमन्त्री मोदीभन्दा आफू एउटा कुरामा अगाडी रहेको बताए । ‘म बोर्ड फष्ट हो, मोदी त होइनन नि !’ बाबुरामको कुराले हिसिला हिस्स । गेरुबस्त्र लगाएर सुटुक्क पशुपति जान तम्सेका बाबुराम एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता भने होइनन् ।

नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्यव्यंग्य कार्यक्रम ‘तितो सत्य’ मा बाबुरामको अभिनय गरेका ज्योती काफ्ले र बिपना बस्नेतको संवाद हो । मोदीमय बनेको तितो सत्यको नयाँ श्रृंखलामा बाबुराम र हिसिलाको संवाद रोचक थियो ।  पूर्बप्रधानमन्त्री डा बाबुराम भट्टराई र हिसिला यमीको दुरुस्त अभिनय गरेर उनिहरुले दर्शकलाइ मनोरञ्जन दिदै आएका छन् ।


  •  
  •  
  •