ह्याट्रिक लिएर डुमनीले रचे इतिहास

240
  •  
  •  
  •  

cricket-duminyकाठमाडौ, ४ चैत(एजेन्सी) : जारी विश्वकपको पहिलो क्वाटरफाइनलमा श्रीलंकाविरुद्ध लगातार तीन विकेट लिएर ह्याट्रिक पुरा गर्दै दक्षिण अफ्रिकाका जेपी डुमनीले इतिहास रचेका छन् । उनी विश्वकप क्रिकेटमा ह्याट्रिक लिने पहिलो दक्षिण अफ्रिकी खेलाडी हुन् ।

उनले ३३ औ ओभरको अन्तिम बलमा श्रीलंकाली कप्तान एन्जेलो म्याथुजलाई आउट गरेका थिए । यसपछि ३५ औ ओभरको पहिलो बलमा नुवान कुलसेकरालाई र दोस्रो बलमा विश्वकपमा डेब्यु गरेका थिरण्डु कौशल थिए ।

ताजा स्थितिमा श्रीलंकाले ९ विकेट गुमाएर १ सय २७ रन जोडेको छ भने पानी परेपछि खेल रोकिएको छ ।


  •  
  •  
  •