नेपालीको प्रतिव्यक्ति ऋण बढ्यो

911
  •  
  •  
  •  

काठमाडौं, १३ जेठ (अाेएनएस) : नेपालीको प्रतिव्यक्ति ऋण अघिल्लो वर्षको तुलनामा चालु अार्थिक वर्षमा बढेकाे छ। चालु अार्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति ऋण १९ प्रतिशतले बढेर २८ हजार ९ सय ६३ पुगेको सरकारले जनाएको छ ।
चालू आर्थिक वर्षको पहिलो ८ महिनामा तिर्न बाँकी ऋणलाई आधार मानेर यो तथ्यांक निकालिएको हो । अघिल्लो वर्ष नेपालीको प्रतिव्यक्ति ऋण २४ हजार २ सय ७० थियो ।

चालू आर्थिक वर्षको ८ महिनामा १ खर्ब १९ अर्ब ८० करोड बराबरको आन्तरिक ऋण परिचालन गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए । यो अवधिमा आन्तरिक ऋणको भुक्तानी १५ अर्ब २५ करोड मात्रै भएको छ ।

आन्तरिक ऋण परिचालनमा उल्लेख्य वृद्धि भएकाले पनि प्रतिव्यक्ति ऋण बढेको अर्थमन्त्री युवराज खतिवडाले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

सरकारले भुक्तानी गर्न बाँकी कुल ऋण ८ खर्ब ४३ अर्ब पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म तिर्न बाँकी ऋण करिब ७ खर्ब थियो ।


  •  
  •  
  •