नचाहँदा नचाहँदै दरबारले गर्यो केट गर्भवती भएको खुलासा

74
  •  
  •  
  •  

kate-is-pregnent

काठमाडौं, २३ भदौ (एजेन्सी) : बेलायतकी युवराज्ञी केट मिल्टन पुन गर्भवती भएकी छिन् ।

सोमवार बेलायतको दरबार केङ्गिस्टन प्यालेसले युवरात्री केट गर्भवती रहेको जानकारी गराएको हो । यो खवरले सम्पूर्ण बेलायती खुसी भएका छन् । दरबारले एक विज्ञप्ति सार्वजनिक गर्दै ‘युवराज र युवराज्ञी यो समाचार साट्न पाउँदा निकै खुसी छन् की उनीहरू आफ्नो दोस्रो सन्तानको प्रतिक्षामा छन् ।’ भनिएको छ ।

तर, केट गर्भवती भएको खबरसँगै अर्को दुखद समाचार समेत दरबारले सार्वजनिक गरेको छ । केट मिल्टन अहिले बिरामी छिन् र उनलाई केङ्गिस्टन प्यालेसमा नै उपचार गराइरहेको दरबार स्रोतले जनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनी गर्भवती हुँदा लाग्ने हाइपरमेसिस ग्राभिडरम नामक अवस्थाबाट गुज्रिरहेकी छिन् । यो अवस्था गर्भवती महिलामा हुने बिरामी अवस्था हो ।

बिरामी भएकै कारण केट गर्भवती भएको खुलासा गरिएको दरबार स्रोतले जनाएको हो । उक्त स्रोतका अनुसार केट गर्भवती भएको १२ हप्ता समेत नभएको बताएका छन् । दरबार तथा केट र उनका पति विलियम्सले केटको गर्भवती भएको तथ्यलाई बाहिर ल्याउन चाहेका थिएनन् तर, केट बिरामी भएपछि एक कार्यक्रममा उपस्थित हुन नसक्दा उनीहरूले यस तथ्यलाई खोल्न बाध्य भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पहिलो सन्तान युवराज जर्ज एक बर्ष महिना पुगेका छन् ।


  •  
  •  
  •