दुबइमा एक नेपालीको मृत्यु

261
  •  
  •  
  •  

काठमाडौं । डेढ महिनादेखि संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीस्थित मफरक अस्पतालमा अचेत अवस्थामा रहेका एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर पुरानदहका ३८ वर्षीय केदारकुमार कठायत रहेका छन् ।
उनको बिहीबार बिहान मृत्यु भएको हो ।

उनी सेक्युरिटी मिडिल इस्टमा कम्पनीमा कार्यरत कठायत व्यायाम गर्ने क्रममा बेहोस भएपछि अस्पतालमा भर्ना भएका थिए । गत जुलाई १२ ताखिरमा उनलाई साथीहरु र भिनाजु शेखर चौधरीले अस्पताल लगेका थिए ।

रिपोर्टअनुसार उनको शरीरमा रगत जमेको र अन्य भागमा रगत सर्कुलर हुन नसकेपछि मिर्गौलाले काम गर्न छाडेको थियो । उपचारका क्रममा सुधार जस्तो देखिए पनि अचानक उनको मृत्यु भएको हो ।
उनको शव खालिफा अस्पतालमा राखिएको छ ।


  •  
  •  
  •