को–को भए इस्पेक्टरबाट डिएसपी ? हेर्नुहोस् सूची

211
  •  
  •  
  •  

Nepal_Police_काठमाडौं, १ फागुन (ओएनएस) : नेपाल प्रहरी प्रधान कार्यालयले ३८ जना इस्पेक्टर (प्रहरी निरीक्षक) लाई डिएसपी (प्रहरी नायव उपरीक्षक) मा बढुवा गरेको छ । बढुवा समितिको निर्णय अनुसार उनीहरुलाई सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

६१ सालमा प्रहरी निरिक्षक भएका उनीहरु बल्ल बढुवामा हुनको लागि सिफारिसमा परेका हुन् । यसअघि बिहिबार प्रहरी प्रधान कार्यालले ३५ जना डीएसपीलाई एसपीमा बढुवा गरेको थियो ।

बढुवा भएकाहरुमा रेशमकुमार पराजुली, अपिलराज बोहरा, गौतमकुमार केसी, टेकुनन्द ईवा लिम्बु, नरेशराज सुवेदी, भरतबहादुर विक, बसुन्धरा खड्का, बिपिन रेग्मी, रबिन्द्रबहादुर सिंह, अनुपम श्रेष्ठ , त्रिबहादुर गुरुङ, मोहनकुमार थापा र खेमबहादुर केसी छन् ।

यस्तै नवरत्न पौडेल, गौतम मिश्र, राजकुमार केसी, सुधिरराज शाही, शिशु शर्मा, काजीकुमार आचार्य, गोविन्द पुरी र राजेन्द्र पोखरेल नवराज कार्की र  योगेन्द्रकुमार खड्का पनि डिएपी हुने भएका छन् ।

अन्यमा दुर्गाराज बोगटी, बासुदेव पाठक, नबिनकिशोर प्रधान, रुपेश खड्का, मिलन केसी, गजुसिद्धि बज्राचार्य, कोमल शाह, भावेष रिमाल, सन्तोष आचार्य, नारायणप्रसाद चिमोरिया, श्यामबहादुर खत्री, श्यामकुमार राई, शालिकराम शर्मा र कुमोद ढुंगेल छन् ।

प्रहरी प्रधान कार्यालयको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्


  •  
  •  
  •