डीएसपी ढुंगेल निलम्बनमा

305
  •  
  •  
  •  

रौतहट, २० वैशाख(ओएनएस) : रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमुद ढुंगेल निलम्बनमा परेका छन् ।

प्रहरी प्रधान कार्यालय काठमाडौंले अनुसन्धान गर्न भन्दै प्रहरी नायव उपरीक्षक ढुंगेललाई निलम्बन गरेको हो ।

डकैत समूहसँग साठगाँठ रहेको आशंकामा उनी निलम्बनमा परेका हुन् । सो घटना बाहिर आउनासाथ प्रहरी प्रधान कार्यालयले ढुंगेलमाथि छानबिन थालेको थियो ।

गृहसचिव प्रेमकुमार राईले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई घटनाबारे विस्तृत छानबिन गर्न निर्देशन दिएपछि उनीमाथि छानबिन शुरु गरिएको थियो ।

काठमाडौंको रानीबारीका लालेन्द्र शेरचन्दको घरमा भएको डकैती घटना गराउनेमध्येका विक्रम श्रेष्ठले डीएसपी ढुंगेलको मोबाइलमा सन्देश पठाउनुका साथै भेटघाट गरेको पाइएपछि उनीमाथि छानबिन भएको हो ।

यसअघि पनि ढुंगेल विभिन्न आपराधिक घटनाका अभियुक्तसँग संवादमा रहने गरेको खुलेको छ ।


  •  
  •  
  •