लागु औषधसहित पक्राउ

330
  •  
  •  
  •  

इटहरी, ३२ असार (ओएनएस) । ठूलो परिमाणमा घरमा नै लागुऔषध भण्डारण गरेर बिक्रीवितरण र सेवन गर्दै आएको अभियोगमा लागुऔषधसहित सुनसरीको भासी–४ झुम्काबाट प्रहरीले स्थानइय बाबुराम चौधरीलाई पक्राउ गरेको छ ।
लामो समयदेखि लागुऔषध ओसारपसार तथा बेचबिखन र सेवन गर्दै आएको सुराकका आधारमा क्षेत्रीय प्रहरी रानीको ब्युरो टोलीले मंगलबार उनलाई घरबाटै पक्राउ गरेको हो । चौधरीको घरबाट कोरेक्स ५०, नाइट्रोजन ट्याबलेट २१० र इस्पास्मो ७४४ वटा ट्याबलेट बरामद गरिएको प्रहरीले बताएको छ ।
पक्राउ परेका चौधरीलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाउने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।


  •  
  •  
  •