काबुल ड्रोन आक्रमणमा १० सर्वसाधारण मारिएको अमेरिकाद्वारा स्वीकार

71
  •  
  •  
  •  

एजेन्सी । अमेरिकाले अफगानिस्तानको काबुलमा भएको ड्रोन हमलामा दश जना सर्वसाधारण मारिएको भन्दै  माफी मागेको छ । अमेरिकी सेनाका जनरल फ्र्यांक म्याकेन्जीले पत्रकार सम्मेलन गरेर काबुल छाडनुअघि आफूहरुले गरेको आक्रमणमा सर्वसाधारण मारिएको भन्दै माफी मागेका हुन् ।

म्याकेन्जीले घटनालाई एउटा दुःखद् क्षण भनेका छन् । निर्दोष मानिस मार्नु कुनै उद्देश्य नभए पनि विद्रोहीलाई जवाफ दिने क्रममा सर्वसाधारण मारिएको सेनाको भनाइ छ । यसअघि अमेरिकाले विमानस्थल आक्रमण गर्न खोज्ने विद्रोहीलाई आक्रमण गरिएको दाबी गरेको थियो ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले आक्रमणमा परेर मृत्यु भएकाका परिवारलाई भेटेर समवदेनसमेत व्यक्त गरेका छन । विदेशमन्त्री अस्टिनले अमेरिकाले सो गल्तीबाट पाठ सिक्दै अघि बढ्ने प्रतिवद्धतासमेत जनाएका छन् ।

 


  •  
  •  
  •