काठमाडौं । फुटबलका चर्चित खेलाडी डिडियर ड्रोग्बा नेपाल आउने भएका छन्। आजबाट सुरु हुन लागेको नेपाल सुपर लिग (एनएसएल) लाई साथ दिन ड्रोग्बा नेपाल आउन लागेका हुन्।
चेल्सीबाट नाम कमाएका ड्रोग्बा डिसेम्बर पहिलो सातासम्म नेपाल आउने नेपाल सुपर लिग व्यवस्थापन टिमका सदस्य सुदिप शर्माले बताए।
उनले नेपाली खेलाडीको हौसला बढाउन तथा लिगलाई साथ ड्रोग्बा नेपाल आउन लागेको बताए।
ड्रोग्बाको नेपाल आउने खबरले उनका समर्थकहरू उत्साहित छन्।
यसअघि कात्तिक २३ मा नेपाल सुपर लिगले एक विज्ञप्ति जारी गर्दै भनेको थियो, ‘नेपाल सुपर लिग घोषणा गर्न चाहन्छ कि फुटबल लिजेन्ड, डिडियर ड्रोग्बा नेपाल सुपर लिगको आगामी सिजनको लागि आफ्नो उपस्थितिको साथ नेपाललाई अनुग्रहित गर्न तयार छन्।’