ड्रि‌ङ्स एण्ड हस्पिट्यालिटि फेस्टिबल सुरु

106
  •  
  •  
  •  

काठमाडा ३ असोज (ओएनएस) ः हाउस अफ राजकर्निकार एक्जिविसन एण्ड इभेन्ट्सको आयोजनामा बिहीबारदेखि देखी ‘द सिग्राम रोयल स्ट्याग फुड डिङस एण्ड हस्पिटयालिटी २०१४’ शुरु भएको छ ।

फेस्टिबलमा ८ सय ब्रण्ड, २ सय कम्पनी, १ सय ३० प्रवद्र्वक, ३ वस्तुगत मंडप र ९ विशेष कार्यक्रम प्रस्तुत हुने छ । प्रदर्शनीमा दाल, गेडागुडी, अन्न, फलफूल, तरकारी, दूधजन्य उत्पादन लगायत सामग्री राखिएको आयोजकले जानकारी दिएको छ ।

त्यस्तै जुस, चिया, कफी, अचार, स्न्याक, फ्रोजन वस्तु, बेकरी, सोकेसलगायत सामग्री पनि राखिने बताइएको छ ।
तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस, क्लब, क्यान्टिन, सुपर मार्केट, ग्रोसरी स्टोर,फूड उद्योगहरु सहित ४० हजार बढी उपभोक्ताले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

प्रदर्शनीमा अवलोकनकर्ताले  इभेन्ट फुड फेस्टिबल, लबज्जा बेस्ट बारिसा कन्टेक्स, मोनिन बेस्ट ब्रान्टिडर कन्टेक्स, मोर्ड मास्टर ब्यांकर च्यालेन्जेस, अस्ट्रिज नेपाल मास्टर चिफ च्यालेन्ज, इनभेनो वाईन टेष्टिक वर्कसप, टुवर्ग बियर फेस्टिबल तथा खाना प्रत्यक्ष बनाएको देख्न पाउने आयोजकले जानकारी दिएको छ ।


  •  
  •  
  •