‘डेढ वर्षमा ‘मेलम्ची’ काठमाडौँमा

150
  •  
  •  
  •  

काठमाडौं २८ बैशाख ।
खानेपानी तथा ढल निकास विभागले भूकम्प प्रभावित जिल्लाका खानेपानी र सरसफाइ संरचनाको पुनःनिर्माण सुरु गरेको छ ।  गत वर्षको भूकम्पबाट क्षति पुगेका ३१ मध्ये १४ जिल्लालाई अति प्रभावित र १७ जिल्लालाई मध्यप्रभावित घोषणा गर्दै पुनःनिर्माणसँगै पुनःसंरचना गर्न लागिएको जानकारी दिइयो । अति प्रभावित जिल्लामा गोरखा, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रसुवा, रामेछाप, सिन्धुली, काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट, मकवानपुर र ओखलढङ्गा छन् ।

त्यस्तै अन्य प्रभावितमा धनकुटा, खोटाङ, सोलुखुम्बु, तनहुँ, बाग्लुङ, गुल्मी, पर्वत, पाल्पा, नवलपरासी, म्याग्दी, चितवन, लमजुङ, कास्की, स्याङ्जा, भोजपुर, सङ्खुवासभा र अर्घाखाँची छन् ।

देशभर करिब पाँच हजार २०० खानेपानी योजनाका संरचनामा क्षति पुगेको छ । ती संरचनाको मूल्याङ्कन गर्दा ११ अर्ब बराबरको भौतिक क्षति हुन आएको विभागको भनाइ छ ।

पुनःनिर्माणका लागि झन्डै रु १८ अर्ब लाग्ने तथा पाँच वर्षभित्र काम सकिने जिकिर छ । यद्यपि सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत रु ८४ करोड १६ लाख ८४ हजार छुट्याएको र बाँकी विभिन्न दातामार्फत जुटाइने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सो अवसरमा खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले मेलम्ची खानेपानी आयोजना बढीमा डेढ वर्षभित्रमा सफल पार्न सरकार लागिपरेको बताए । अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •