खाली पेटमा चिया किन नपिउने, यी हुन् कारण

539
  •  
  •  
  •  

हाम्रो देशमा चिया पिउने एक बानीको रूपमा रहेको छ । कुराकानी होस् या अन्य कुनै काम गरिरहँदा चिया पिउने हाम्रो बानी नै परिसकेको छ । हामी प्राय सबै बिहान उठ्ने बित्तिकै चिया पिउने गर्छौँ । आजकल त बेड टी को प्रचलन झन् बढ्दै गएको छ ।

तर, हालै गरिएका केही अध्ययनले खाल पेटमा चिया पिउनु राम्रो नभएको पत्ता लागेको छ । खासगरी गर्मीमा खाली पेटमा चिया पिउनु राम्रो मानिदैन । चियामा केही मात्रामा क्याफिन हुन्छ र साथै यसमा एल-थायनिन, थियोफाइलिन हुन्छ, जसमा उत्तेजित गर्ने काम गर्छ ।

बिहान उठेर चिया खान मन लागेको अवस्थामा चियासँगै अन्य केही खानेकुरा खानु राम्रो हुन्छ ।

बिहान उठेर खाली पेटमा चिया खानाले हुने बेफाइदा यस्ता :

– बिहान उठेर खाली पेटमा चिया पिउनाले बाइल जुसको प्रक्रियामा अनियमिता हुन्छ, जसले मानिसको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ ।

– कालो चिया स्वास्थ्यका लागि राम्रो मानिन्छ तर, धेरै चिया खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । कालो चिया खानाले पेट फुल्छ र भोक लाग्दैन ।

– सामान्य रूपमा मानिसहरू दुध हालेको चिया पिउन मन पराउँछन् । तर, खाली पेटमा दुध हालेको चिया पिउँदा चाँडै थकाई लाग्छ ।

– धेरै चियापत्ति हालेको चिया पिउनाले अल्सरको सम्भावनालाई बढाउँछ । यसले पेटको समस्यालाई पनि बढाउँछ ।

– केही मानिस एकैपटक धेरै चिया बनाउँछन् र त्यसलाई पटक-पटक तातो बनाएर पिउने गर्छन् । यसरी पिएको चियाले स्वास्थ्यलाई नोक्सान पुर्‍याउँछ ।


  •  
  •  
  •