तयार भएको यो ‘ड्राफ्ट’ किन पठाइएन ?

523
  •  
  •  
  •  

मदन कोइराला 
g
काठमाडौं, ६ जेठ (ओएनएस)  :  सर्वाेच्च अदालतका लागि न्यायपरिषद्ले सिफारिस गरेको ८ जना स्थायी न्यायधीशबारे छलफल गरिरहेको संसदीय सुनुवाई विशेष समितिले न्यापरिषद्लाई फेरि पठाउने भनिएको पत्रका विषयमै लफडा भएपछि मंगलबारको वैठक विनानिश्कर्ष स्थगित भएको छ । परिषद्लाई पत्र पठाउन नहुने कांग्रेसको अडानका कारण मंगलबारको बैठक निश्कर्षविहिन भएको हो ।
बैठकको सुरुमा परिषद्लाई पत्र पठाउने  सहमति बनेपछि पत्रको बेहोराबारे तीन दलका प्रमुख सचेतकको बैठक बसेको थियो । सोही बैठकमा कांग्रेसले पत्र पठाउन नहुने अडान लिएपछि आजै बस्ने गरी स्थगित भएको बैठक फेरि नबसेरै स्थगित भएको हो ।
११ बजे फेरि बठक बस्ने भनिए पनि १ बजेसम्म बैठक सुरु नभएपछि सभासदहरु लाखापाखा लागेका थिए । तीन दलका प्रमुख सचेतक र साना दलका नेताको छुट्टै बसेर न्यायपरिषदलाई पठाउने पत्रका विषयमा सहमति गर्ने प्रयास भइरहेका बेला कांग्रेस सभासद हृदयराम थानीले सुनुवाई समितिका सभापति कुलबहादुर गुरुङलाई बैठक स्थगित गर्न उक्साएपछि सभापतिले छलफल गरीरहेका तीन दलका सचेतक र साना दलका नेतासँग परामर्श नै गरी बैठक बुधवार विहान ८ बजेसम्मका लागि स्थगित गरेका थिए ।
सभापतिले कसैसँग सल्लाह नगरी बैठक स्थगित गरेको भन्दै सहमतिको प्रयास गरिरहेको कांग्रेस,एमाले, एमाओवादी र साना दलका सदस्यले असन्तुष्टि जनाएका थिए । सहमतिको प्रयास भइरहेको बेला बैठक किन स्थगित गरेको भन्दै एमाले नेता भीम रावलले कांग्रेस सभासद हृदयराम थालीसँग सोधेपछि रावल र थामीबीच चर्काचर्की भएको थियो । थानीले ‘आजै निर्णय किन गर्नुपर्यो ? भोली निर्णय गर्दा के हुन्छ ।, भन्दै रावलसँग सवाल जवाफ गरेका थिए । सहमतिको प्रयास भइरहेको बेला सभापतिले एक्कासी बैठक स्थगित गरेर निरंकुशता लादेको भन्दै एमाओवादी नेता अग्नी सापकोटा बैठकस्थलबाट बाहिरीका थिए । मंगलवार नै संविधानसभाको पनि बैठक भएकाले अधिकांश समितिका सदस्य सभापतिले बैठक स्थगित भएको जानकारी दिनासाथ संविधानसभातर्फ लागेका थिए ।
यसरी विग्रियो सहमति
सोमवारको बैठकमा नै न्यायापरिषदले समितिलाई पठाएको पत्रमा  उल्लेखित भाषा, शब्द्ध र शब्दावलीप्रति आपत्ति जनाउँदै उक्त पत्र अस्विकार गर्ने र परिषदलाई न्यायधीश नियुक्ती सिफारिस गर्दा समानुपातिक समावेशी, १५ रिक्तमध्ये ८ जनामात्र किन सिफारिस गरेको र सिफारिस गरिएका ८ जना न्यायाधीश सबैको व्यक्तिगत विवरण किन नपठाएको भनेर न्यायपरिषद्लाई पुन पत्र लेख्ने विषयमा करिब करिब सहमति भएको थियो । ती विषयमा सहमति गरी न्यायाधीशको सुनुवाई प्रक्रिया अगाडि बढाउने विषयमा सबै दलबीच सहमति भएको थियो ।
सोही सहमति अनुसार मंगलवारको बैठकमा एमाले नेता भीम रावलले परिषदमा पठाउने पत्रको ड्राफ तयार गरी बैठकमा बाचन गरेका थिए । त्यसमा कांग्रेसललागतका सबै दलले सहमति जनाएका थिए । पत्रको भाषालाई केही परिमार्जन गर्ने भन्दै कांग्रेस,एमाले,एमाओवादीलगायतका सबैदलका नेता पत्रको ड्राफ तयार गर्न बेग्लै बैठक तयार गरिरहेका बेला नेपाली कांग्रेसका नेताहरु हृदयराम थानी, दिलबहादुर घर्तीलगायतका नेताहरुले सभापतिलाई  बैठक स्थगित गर्न उक्साएपछि बैठक स्थगित भएकोे हो ।
आजै संविधानसभाको बैठक बस्ने भएकाले पनि बैठक फेरि बस्न नसकेको हो । परिषद्लाई फेरि पत्र पठाउने विषयमा दलहरुबीच विमति भए पनि परिषद्ले समितिलाई लेखेको पत्रकार विषयमा भने सर्वसम्मतीले आपत्ति जनाइएको छ ।
आजको बैठकमा सिफारिस न्यायधीश र ति न्यायधीश बारे उजुरी दिने उजुरी कर्तालाई बोलाउने भनिए पनि सुनुवाईको प्रक्रिया सुरु नभएकाले उनहिरु बैठकमा उपस्थित भएनन् ।

  •  
  •  
  •