किचलोपछि पेश हुन नसकेको मस्यौदा मंगलबार

116
  •  
  •  
  •  

काठमाडौं , १५ असार (ओएनएस) : शब्दमा विवाद भएपछि सोमबार मध्यरात सम्म पनि पेश हुन नसकेको संविधानको प्रारम्भिक मस्यौदा मंगलबार प्रस्तुत हुने भएको छ । यसअघि विवादित विषयमा सोमबार राति नै सहमति भएको दाबी गरेका थिए ।

सहमतिपछि मस्यौदा समितिका सभापति कृष्ण सिटौला लागयतले मस्यौदा सच्याइरहेका छन् । लगत्तै सबै सभासदहरुलाई वितरण गर्नको लागि छाप्न पठाइनेछ ।  सच्चाएपछि मस्यौदा संविधानसभामा प्रस्तुत हुनेछ । संविधानसभाको बैठक मंगलबार २ बजेको लागि बोलाइएको छ ।

एकीकृत माओवादीले संविधान मस्यौदा समितिले तयार गरेको संविधानको प्रारम्भिक खाकामा राखिएका कतिपय प्रावधानप्रति असहमति जनाउँदै हस्ताक्षर गर्न अस्वीकार गरेपछि सोमबारको बैठकमा मस्यौदा पेश हुन सकेको थिएन । एकीकृत माओवादीले विगतका सहमति विपरीत सम्यौदा समितिका सभापति तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले केही बुँदामा हेरफेर गरेको आरोप लगाएको छ।

सत्तापक्षीय दलहरु यस अघि नै भएको सहमति अनुसार संघीय संरचनामा विशेष स्वायत्त क्षेत्र व्यवस्था गर्न र संविधानको मौलिक हक र निर्देशक सिद्धान्तको खण्डमा कतिपय सीमान्तकृत समुदायका नाम उल्लेख गर्न तयार नभएको एकीकृत माओवादीले आरोप लगाएको छ। तर कांग्रेसले भने खण्डन गर्दै आएको छ ।


  •  
  •  
  •