यसरी गरिनेछ जनताको राय तथा सुझाव संकलन

177
  •  
  •  
  •  

Draft_of_New_Constitution_of_Nepal. JPGकाठमाडौं , २५ असार (ओएनएस) :  संविधानसभाको नागरिक सम्बन्ध समितिबाट कार्ययोजना पारित भएपछि अब जनतामा राय सुझावको लागि संविधानको मस्यौदा जाने भएको छ । बिहिबार पारित भएसँगै आज शुक्रबारदेखि समितिले जनताको घर घरमा पुगेर राय तथा सुझाव लिनेछ ।

त्यसक्रममा संविधानको मस्यौदा पनि जनतामा लगिनेछ ।   वडा-वडासम्म पुर्याउनका लागि २ लाख भन्दा बढि प्रति मस्यौदा छाप्ने संविधानसभा सचिवालयले जनाएको छ । बिहिबार परित भएको कार्ययोजनामा राय लिने समय २ महिना घटाएर १५ दिनमा छोट्याइएको छ ।

जनताको सुझाव लिनको लागि सबै सभासदहरु निर्वाचन क्षेत्र पुग्नेछन् । त्यसक्रममा सभासदले जनतासँग अन्तर्क्रिया गर्नेछन् । त्यसबाहेक  पत्र, ईमेल, पैसा नलाग्ने फोन नम्वर मार्फत पनि सुझाव दिन सकिने व्यवस्था मिलाइएको छ ।

छपाइएको मस्यौदालाई संविधानसभा सचिवालयका कर्मचारीहरुले जिल्ला प्रशासन र जिल्ला विकास समितिमार्फत नगर र गाँउ विकास समितिका वडा स्तरिय नागरिक मञ्चसम्म पुर्याउने छ ।

केही दिनसम्म वडा नागरिक मञ्चमा हुने छलफलको कुरा समेटेर ल्याउने गरि सभासदहरुले निर्वाचन क्षेत्रमा २ दिनको सार्वजनिक सुनुवाइ शैलीको कार्यक्रम गर्ने कार्ययोजना रहेको छ।

त्यहाँ आएका सुझावहरूलाई कर्मचारीले लिखित र रेकर्ड गरेर ल्याउने व्यवस्था मिलाइएको उपसमितिको भनाइ छ।

२५ गते कर्मचारीहरुलाई जिल्लामा पठाएर मस्यौदाको प्रचार प्रसारको काम गर्ने र ३१ गतेसम्म सभासदहरु जिल्ला पुगि सक्ने कार्यतालिका बनाएको छ।

साउनको २ र ३ गते निर्वाचन क्षेत्रमा मस्यौदा माथिको छलफल कार्यक्रम गर्ने र सभासदहरुले ल्याएको प्रतिवेदनलाई समेटेर ७ गते जनताको राय सहितको प्रतिवेदन संविधासभालाई बुझाउने बताइएको छ।

३७ भाग र २९७ धारा भएको नयाँ संविधान मस्यौदा यस्तो छ

कार्यक्रममा सहभागी नभएका जनतालाई पैसा नलाग्ने टोल फ्रि नम्वर, इमेल, फ्याक्स र लिखित पत्र मार्फत आफ्ना राय सुझाव दिने व्यवस्था मिलाएएको जनाइएको छ।

विभिन्न माध्यमबाट आएका जनताका सुझावलाई समेटेरै समितिले आफ्नो प्रतिवेदन बनाउने उपसमिति संयोजक बज्राचार्यले बताइन।

यस्तै विभिन्न संचार माध्यम मार्फत पनि मस्यौदा सार्वजनिक गरि जनतामा पुर्‍याइनेछ । पत्रपत्रिका रेडियो टेलिभिजन र अनलाइबाट प्रचार गरिनेछ ।

समितिका सदस्यहरुले व्यवस्थापिका संसदबाट आर्थिक वर्ष २०७२/७३ का लागि बजेट पारित हुन लाग्ने समय र मौसमले कार्यतालिकामा प्रभाव पार्न सक्ने बताएका छन्।


  •  
  •  
  •