द्रव्यशाह क्याम्पस हाताभित्रै बम विष्फोट

220
  •  
  •  
  •  

गाेरखा, १६ फागुन (ओएनएस) : स्ववियु निर्वाचन नजिकिदै जाँदा गोरखा नगरपालिका–८ लक्ष्मीबजारमा रहेको द्रव्यशाह बहुमुखी क्याम्पस हाताभित्र बम विस्फोट भएको छ ।

क्याम्पस हाताभित्र सोमबार बिहान करिब साढे ११ बजे बम बिष्फोट भएको। प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए । ‘घटनास्थलमा सुतली भेटिएकाले सुतली बम पड्केको हुन सक्छ,’ उनले भने ।

बम बिष्फोट भएको भनिएको स्थानमा बारुद पोखिएको छ भने झारपात जलेका छन् ।

द्रव्यशाह क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी युनियनले प्यानलसहित उमेदवारी दर्ता गराएका छन् ।


  •  
  •  
  •