विपक्षीलाई साथ लिएर अघि बढ्न ओलीलाई राष्ट्रपतिको सुझाव

348
  •  
  •  
  •  

ram baranकाठमाडौ, १२ माघ (ओएनएस) : राष्ट्रपति डा. रामवरण यादवले एमाओवादी लगायतका विपक्षीहरुलाई पनि समेटर अघि बढ्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा ओलीसँग भेटवार्ता गर्दै राष्ट्रपति डा. यादवले सत्तापक्षबिरुद्ध रुष्ट बनेको एमाओवादी लगायतका विपक्षी दलसँग वार्तामार्फत विवाद समाधान गर्न आग्रह गरेका हुन् ।

राष्ट्रपतिले विपक्षीलाई पनि सगै लिएर अघि बढ्न आग्रह गर्दा ओलीले विपक्षीले संविधान बनाउनेमा शंका रहेको जवाफ दिएका थिए ।

राष्ट्रपतिसँगको भेटपटि ओलीलगायतका एमाले नेताहरु सत्तारुढ नेपाली काँग्रेससँग छलफल गर्न प्रधानमन्त्री निवास बलुवाटारमा पुगेका थिए ।

सहमतिका लागि मंगलबार सत्तापक्षको साझा अपिल

सत्तारुढ दलहरुले विपक्षी दलहरुले प्रश्नावली समितिबाटै अघि बढ्ने निणर्य गरेका छन् । माग गरेजस्तो प्रश्नावली समिति खारेज हुने कुनै गुन्जायस नरहेको पनि स्पष्ट पारेका छन् ।

कांग्रेस–एमालेलगायतका सत्तारुढ दलहरुको सोमबार बालुवाटारमा बसेको बैठकले संविधानसभाबाट गठन भएको समितिमा दायाँ–बायाँ गर्न नसकिने ठहर गरेको हो ।साथै सहमतिका लागि मंगलबार साझा अपिल गर्ने पनि निणर्य भएको छ।  सत्ताधारी दल काङ्ग्रेसएमालेले संविधानका विवादित विषयमा छलफल र सहमतिका लागि बार्तामा आउन विपक्षी दलहरुलाई सामूहिक रुपमा आग्रह गर्ने भएका छन् । बसेको दुई दलको बैठकले संयुक्त बिज्ञप्ती निकाल्ने निर्णय गरेको छ ।


  •  
  •  
  •