‘मृतक र संक्रमितको दर मात्रै हाेइन, निको हुनेको दर पनि हेरौँ’

339
  •  
  •  
  •  

कोरोना संक्रमणको केशहरु त बढी रहेको छ । त्यसमा डाउट छैन । हामी अहिले कोरोना लहरको बीचमा छौँ । हामिले भारतलाई चार हप्ता पछाडी पछ्याइ रहेका छौं । यसरी हेर्दा कोरोना संक्रमित बढी नै रहेको छ । अबको स्थितिमा बढ्ने क्रममा नै रहन्छ ।
कम हुन अझैँ दुई, तीन हप्ता लाग्छ । मृत्युदर पनि सरकारले यकिन तथ्यांक निकालेको छैन । पुरानो जस्तै नै हो । अहिले कति बढेको हो भन्नेमा शंका गर्ने ठाउँहरु छन् ।
त्यो भन्नका लागि पूर्ण तथ्यांक चाहिन्छ । त्यो नेपाल सरकारबाट पनि उपलव्ध भएको छैन् ।अहिलेको कोरोना भाइरस ज्यादै नै कडा भनेर कसैले पनि भनेको छैन् । भारतमा पनि तथ्यांक हेर्दा पहिलो लहरभन्दा संक्रमित धेरै छन् तर धेरै बढेको जस्तो देखिन्न ।

नेपालमा परीक्षण व्यापक हुनुपर्ने हो । त्यो भइरहेको छैन् । त्यसकारण केहि समय बढी नै रहन्छ भन्ने सोच्नुपर्छ । संक्रमित धेरै भएको हुनाले ति मध्ये कडा रोग लाग्ने  मृत्यु हुनेको संख्या बढ्न सक्छ । यो कहिलेसम्म रहला भनेर भन्न सकिँदैन । परीक्षण धेरै भयो भने सम्बन्धित जानकारले आँकलन गर्न सक्छन् ।

अहिले समग्रमा नेपालमा संक्रमित व्यक्ति र उनीहरुका आसपासका व्यक्तिले डर लागेर परीक्षण गरेको अवस्था छ । यस्तो अवस्थामा प्रयाप्त परीक्षण भन्नै मिल्दैन । कम्तिमा पनि तीन गुणा परीक्षण भएमा हामिले आँकलन गर्न सक्छौं । भारतमा जे भइरहेको त्यो चार हप्तापछि देखिन्छ । त्यसलाई नै हामिले मापदण्ड बनाएर अगाडी बढे हुन्छ भन्ने लाग्छ ।

नेपाल सरकारले दुई वटा भेरियन्ट भारत र बेलायतको भनेको छ । त्यसमा नेपाल सरकारले न अनुसन्धान गरेको छ न प्रकाशित गरेको छ ।
त्यस हिसाबले पुरानो यूके र इण्डियाबाट भेरियन्ट आएकाे छ भनेर भन्न सक्छौं । त्यसमा नेपालको भेरियन्ट पनि छ भन्ने छ ।

युवाहरु बढी मृत्युदर छ भन्ने पुष्टि गर्ने आधार छैन

युवाहरु बढी मृत्युदर भनेर पुष्टि गर्ने आधार छैन । नेपाल सरकारले अंक देखाउनुपर्यो । समग्र युवाहरुको मृत्युदर बढेको छ भन्नलाई समग्रमा युवाहरु कति परे ? यो पोहारे साल र अहिलेकोमा के फरक छ भने तथ्यांक हेर्नुपर्छ । एक दुई जनाको मृत्यु हुँदैमा युवाको दर बढ्यो भन्न मिल्दैन । केहि केहि डाक्टरहरुले युवाहरु बढे भन्नुभएको छ । पहिले र अहिलेको के छ भने संक्रामक छ । तीन गुणा बढी आएको छ भन्ने कुरा आएको छ । पहिले दश जना युवाहरु संक्रमित थिए भने अहिले ६० जना हुन्छन् । दश जनामा एक जना कडा हुन्छ भने ६० जनामा ६ जना हुने भयो ।
हामि अंकको कुरा गरिहेको छौं । दरको होइन् । राज्यले भएको तथ्यांकलाई सार्वजनिक गरोस् । प्रत्येक हप्ता युवाहरुमा यस्तो छ । बालबालिकालाई यस्तो छ भनेर सर्वसाधारणलाई सार्वजनिक गर्नुपर्यो । यति जना मृत्युभयो । यतिजना संक्रमित भयो भन्ने कुरा
एक हप्तामा वैज्ञानिक हिसावले तथ्यांक सार्वजनिक गर्नुपर्यो । ५५ जनाको मृत्यु भयो भने  त्यो आजको होइन् । १५ दिन आगाडि संक्रमित भएर मृत्यु भएका हुन् । त्यसरी हिसाव गर्नुपपर्छ।

हामी नागरिकले  पनि अपवाह फैलाउने अनलाईन, फेसबुक, इन्डियाका मनपरि बोल्ने मिडियाहरु हेरेर आत्तिने होइन् । हामीले नेपाल सरकार र विश्वस्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्यांकलाई हेर्नुपर्यो ।

हामि अहिलेकाे दोस्रो लहरबाट जोगिन माक्स लगाउने छदैँछ । सावधानी अपनाउन माक्स, दुरी र भिडभाडबाट जोखिने हो । जुन पहिलेदेखि भन्दै आएका छौं ।

संयमित भएर बसौँ, तथ्यांक हेर्दा, मृत्युदर हेर्दा नआत्तिउ, एक प्रतिशतको मृत्यु भएको छ भने ९९ प्रतिशत निको भएर घर जानुभएको छ । ठिक हुनेको अंक पनि हेरेर बसौं । खालि मृत्यु हुनेको र संक्रमितको मात्र अंक हेरेर नबसौं । तथ्यांक हेर्दा नआउँऊ ।

(जनस्वास्थ्य विज्ञ  डा. समीरमणी दीक्षितसँग ओएनएस न्यूज डटकमले गरेको कुराकानीका आधारमा )


  •  
  •  
  •