‘लैंगिक हिंसा अन्त्य गर्ने वातावरण राज्यले नै बनाउनुपर्छ’

सन्दर्भः लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियान
114
  •  
  •  
  •  

लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियानको कुरा गर्दा सन् १९६० मा डोमिनिक गणतन्त्रका मिरावेल परिवारका तीन दिदी–बहिनी पेट्रिया, मिनर्भा र मारियालाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले हत्या गरेको थियो ।

उक्त हत्यालाई लिंगका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । उनीहरुकै सम्झनामा १६ दिने अभियान मनाउन थालिएको हो ।

महिलामाथिको हिंसाका विषयमा आवाज उठाउँदै सेन्टर फर ग्लोबल लिडरसिपले यो अभियान सन् १९९० देखि संसारभर शुरु गरेको हो । पछि संयुक्त राष्ट्रसंघले बेइजिङ सम्मेलनमा नोवेम्बर २५ लाई महिला हिंसा विरुद्धको दिवस तोकेको हो । यहि दिनलाई आत्मसाथ गरेर यो दिवस संसारभर अगाडि गइराखेको छ । क्यानडाको पार्लामेन्टले यसैलाई ह्वाइट रिवन क्याम्पेन्ट पनि भनेर मनाउने गर्दछ । महिलाहिंसा अत्यको लागि पुरुषहरुको पनि एक्यवद्धता छ भनेर ह्वाइट रिवन क्याम्पेन्ट गरिन्छ ।महिला अधिकार, महिला हिंसाका सवालमा महिलाहरुले आवाज उठाउँछन् भने पुरुषहरुले प्रतिवद्धताका लागि आवाज उठाउँछन् ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा पनि शुरु भएको छ । लोकतन्त्र स्थापना भएपछि देखिनेगरि बाहिर आएर यो अभियान शुरु गरिएको हो । महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल एउटा शुरुवातकर्ता अग्रणी संस्थाको रुपमा रहेको छ ।

हुन त अभियान १६ दिन मात्रैले पुग्दैन । महिलामाथि हुने हिंसा अभियान ३ सय ६५ दिननै हुन जरुरी हुन्छ । किनभने एक दिन एउटा समुहले एउटा ठाउँबाट गरेर यसको अत्य हुने सम्भावना छैन् । तर पनि यो १६ दिने अभियान विश्वभरि नै भएको कारणले यसले ठूलो महत्व राख्छ ।

खास समुदाय तहदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय तहसम्म महिला हिंसाविरुद्ध गरिएका कार्यक्रमहरुलाई एकैठाउँमा ल्याउनु, भोगेका भोगाईहरुलाई एकै ठाउँमा ल्याउने र अब के गर्नुपर्छ भनेर आवाज पनि संयुक्त रुपमा उठाउने एउटा थलोको रुपमा यो १६ दिने अभियान रहेकाे छ ।

त्यसैले यो अहिलेसम्मको अभियानहरुमध्ये एक लामो अभियान हो । यो १६ दिन छ । किनभने १६ दिनपनि एउटा अर्थपूर्ण दिनहरु छ । नोवेम्वर २५ महिला हिंसा विरुद्धको दिवस भयो । यो अत्य हुने भनेको डिसेम्बर १० जुन मानवअधिकार दिवस हो ।

महिलामाथि हुने हिंसा भनेको मानव अधिकारको हनन् हो । त्यसैले महिलामाथि हुने हिंसा अत्य गर्ने वातावरण निर्माणमा राज्यद्वारा नै गरिनुपर्छ भन्ने सन्देश यसले दिन्छ । राज्यद्वारा गर्दा बिचमा धेरै याक्टरहरु सँगसँगै जोडिनुपर्छ भन्ने मान्यता पनि छ । जस्तो नोभेम्बर २९ तारिक महिला मानव अधिकार विरुद्धको अन्तर्राष्ट्रिय दिवस हो । त्यसैगरि डिसेम्बर एक तारिक भनेको विश्व एड्स दिवस हो । ३ तारिक अपाङ्गता विरुद्धको दिवस हो ।  यसैगरि विभिन्न दिवसहरु हुँदै डिसेम्बर १० सम्म जान्छ । मानव अधिकारका सवालमा महिला हिंसालाई लिनुपर्छ । त्यसैले राज्यले यसमा दायित्व निर्वाह गर्नुपर्छ । यसका विभिन्न पक्षहरलाई पनि हेर्नुपर्छ भन्ने मान्यता यो अभियानले राख्छ ।

संयुक्त राष्टसंघले ”Orange The world: Fund, Respond, Prevent, Collect” यस वर्षको नारा राखेको छ । अरैन्ज जुन लभको सेम्बोलाइज हो । संसाभरि महिला हिंसा अन्त्यका लागि सबै आऊ भन्ने हो ।

नेपाल सरकारकाले ‘लैंगिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने नाराका साथ एक्यवद्धताको आह्वान गरेर शुरुवात गरेको छ ।

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले हाम्रो आन्दोलनले माग गरे अनुसार ‘सामाजिक रुपान्तरणमा लगानी, महिला हिंसा अन्त्य गर्न ल्याउँछ सुनौलो बिहानी’ भनेका छौं ।

महिला हिंसा अन्त्य गर्न व्यक्ति, समाज सबैको प्रतिबद्धता आवश्यक छ । देशमा धेरै कानून बदलिएको पनि छ । नयाँ–नयाँ कानून पनि आउँदैछ । बलात्कार विरुद्धको कानूनहरु अहिले भर्खरै अध्यादेशमार्फत आउँदैछ । एसिड विरुद्धको अध्यादेश कानून आयो । एक खाले कानूनी रुपमा एक्यवद्धता छ । संविधानमा पनि महिला अधिकार सुनिश्चित हुने भन्ने प्रतिवद्धता छ ।संविधानमा कुनै पनि व्यक्तिलाई कुनैपनि प्रकारको हिंसा यातना, अपमानजन्य व्यवहार गर्न पाइँदैन । हिंसाजन्य व्यवहार गर्न पाइँदैन भनिएको छ । महिला अधिकार भित्र हरेक महिलालाई कुनै पनि हिंसा विभेदबाट मुक्त भएर बाँच्न पाउने अधिकार छ भनेर भनिएको छ । तर व्यवहारमा त्यो छैन् ।

व्यवहारमा हरेक दिन बालिकाहरु बलात्कृत भइरहेका छन् । हरेकदिन महिलाहरु घरबाट निकालिएका छन् । बलात्कृत भएका छन् । अहिले आत्महत्या बढिरहेका छ ।
आत्महत्या किन भइरहेको छ भनेर पछाडि फर्किएर हेर्दा त्यहाँ विभिन्न कारणहरु छन् । सामाजिक कारणहरु छन् । न्याय नपाएको स्थिति छ । जस्तो सम्झाना वि.क, निर्मला पन्त, यात रुपन्देहीमा भएका बालिकाहरुको कुरा गर्नुस् । निर्मला पन्तको घटनाको वर्षो वितिसक्यो । अझैँ न्यायको पर्खाइमा छन् ।
कानूनमा न्याय पाउने प्रतिवद्धता छ तर वातावरण बनेको छैन् । अहिलेपनि हरेक दिन महिला हिंसाका घटनाहरु परिवारमै मिलाउने स्थिति छ । बाहिर समाजमा पञ्च भलादमी बसेर मिलाउने खालको स्थिति छ । यो किन भइरहेको छ भन्दा हामीकहाँ सोचमा रुपान्तरण हुन सकेको छैन् ।

महिला हिंसा अन्त्य गर्न कानून आवश्यक छ । सोच आवश्यक छ । प्रतिबद्धता आवश्यक छ । साथसाथ सोचमा रुपान्तरण पनि आवश्यक छ ।
यसैले यो १६ दिने अभियानमा हामी महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल आह्वान गर्छौं कि आऔँ प्राथमिक चरणको रुपमा सामाजिक रुपान्तरणको अभियान चलाऔँ । सामाजिक रुपान्तरण जहाँ विभेदमुक्त के पुरुष, के महिला, के अन्य लिंगी या अरु विभेदमुक्त सामाजमा बाँच्न सकुन् ।

विभेदमुक्त समाजमा बाँच्न सक्ने वातावरण बन्यो भने महिला हिंसा अन्त्य हुन्छ । यहि मान्यताका साथ हामीले नोवेम्बर २५ तारिकदेखि समुदाय तहमा रहेका धेरै महिला अधिकारकर्मीहरु जसले महिला हिंसा विरुद्ध काम गरिरहनुभएको छ । उहाँहरुलाई सम्मान गर्दै मनोविमर्श तालिम शुरु गर्दै मनाइ राखेका छौं । नोवेम्बर २६ गते हिंसाको चक्र अन्त्य गर्नका लागि आध्यात्मिक र मनोस्वास्थ्य भनेर हामीले वेविनार गर्‍याे ।

म आह्वान गर्छु हामीले गरेको काम सामाजिक रुपान्तरणको काम होस् । हामीले गरेको लगानी सामाजिक रुपान्तरणका लागि होस् । हामीले गरेको सामाजिक रुपान्तरणले देशलाई, व्यक्तिलाई सबैलाई सघाउ पुगाेस्।
अन्त्यमा हाम्रा प्रतिवद्धता कुरामा होइन्, काममा गरेर देखाऊ । महिला हिंसा अत्य हुने वातवारण बनाऊ ।


  •  
  •  
  •