‘कोरोनामुक्त भएका व्यक्तिले समाजमा सकारात्मक सन्देश फैलाउ’

83
  •  
  •  
  •  

हामीले आइसोलेसनको शुरुवात देखि नै आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा बनाएका निर्देशिकामा पोष्ट रिकभरिको कुरा बनाए थियौ ।

डा. निर्मल भुषाल

कोरोना भाइरसको लक्षण देखिसकेपछि आउनसक्ने सम्भावित समस्याहरु यस्तो हुनसक्छ भनेर निर्देशिका बनायौँ । हामिले कोभिडका बिरामीलाई डिस्चार्ज गरेर घर पठार्यौं । पोजेटिभलाई नेगेटिभ बनायौँ ।
समस्या समाधान गर्दा गर्दै अनुभव पनि भयो ।
कतिपय बिरामी होम आइसुलेसनमा हुनुहुन्छ । उहाँहरुका सानातिना समस्याहरु देखिन्छन् । ति समस्याहरुलाई समस्याको हिसावले व्यवस्थापन गर्नुपर्छ ।
जुन बिरामीहरुमा देखिने लक्षणहरु छन् । ति लक्षणहरुका लागि चिकित्सा गर्नुपर्छ । कुनै पनि लक्षण आएन र बिरामीलाई समस्या छैन भने पोष्ट कोभिडको अवस्थामा उहाँहरुले आफ्नो दिनचर्या, पहिला कोभिड हुँदा जुन जीवनशैली अपनायौँ त्यहि जिवनशैली अपनाउनुपर्छ ।
हात धुने, माक्स लगाउने, भौतिक दुरी कामय राख्ने । कोभिड भयो भनेर मलाई इन्फेस्न हुँदैन कि भनेर काम गर्ने होइन् । जीवन शैलीलाई व्यवस्थित गर्दै जाने हो । समस्या देखिनेलाई जुन समस्याअनुसार चिकित्सकसँग सहयोग लिने हो । उहाँहरुसँगै फलोअप गर्ने या विशेष समस्याहरुमा अन्य विशेषज्ञ चिकित्सकहरुसँग सल्लाह गरेर अगाडि बढ्नुपर्छ । रोगीमा सुख्खा खोकि रहने अवस्थामा औषधिहरु हुन्छन् । त्यस्तो खालको औषधिहरु खानुपर्छ तर सामान्य अवस्थामा रोगीहरुमा जनु खालको डर हुन्छ इन्फेक्सन हुन्छ कि भन्ने ति कुराहरु हटाउनुपर्छ ।
दोस्रो खालका रोगीहरुमा मलाई इन्फेन्सन भइसक्यो मबाट केहि हुँदैन् । म सुरक्षित छु भनेर कामहरु गर्दा गर्दा समाजमा फेरि इन्फेक्सन फैलाउने कामहरु हुनसक्छ । दुवै खालका प्रवृतिबाट हामी सचेत हुनुपर्छ । कोरोना पोजेटिभहरुले समाजमा सकारात्कम सन्देशहरु दिने, आफुले जानेका अपनाएका सतकर्ताहरु व्यक्ति, परिवार र समाजमा फैलाउन सहयोग गर्नुपर्छ ।
डरले र उहाँहरुको आत्मबल, मनोबल कमजोर हुने र अन्य समस्याहरु विकास गरेको एउटा कुरा छ । किनकी कोभिडलाई हामीले विभिन्न तरिकाबाट हे¥यौं । जसले गर्दा त्यसबाट बाहिर निस्कन सकिरहेका छैन् । दोस्रो इन्फेक्सन भएर शरिरमा आइसकेपछि समाज, परिवार परिस्थितिबाट हामी आइसुलेट भएका छौं । व्यवस्थित जीवनशैलीबाट निस्कन सक्यौँ । उहाँहरु अलि छिटो निस्कनुभएको छ ।
नेपालमा दुई खालका बिरामीहरु छन् । एउटा होम आइसोलेसनमा बसेका रोगीहरुमा ज्वरो आउँछ । ज्वरो आएको अवस्थामा प्रयाप्त मात्रामा झोलिलो पदार्थहरु जीवनजल या अन्य कुनैपनि झोलिलो पदार्थ लिनुभयो भने पोष्ट कोभिडको समयमा गल्ने समस्या कम हुन्छ ।
दोस्रो शरिरको पाचन प्रर्णालीलाई अगाडि बढाउनुपर्छ । पहिलो ज्वरो भएको अवस्थामा हल्का खाना खाने । पोष्ट कोभिड भएको बेला ज्वरो देखिदैन तापक्रम नाप्दा तर शरिर गलेको कहिलेकालि तात्ने, कहिले काहि शरिर जिरिङ्ग हुने समस्या भएमा गुर्जोको पाउडर साँझ बिहान खायो भने यस्तो समस्याहरु निमूल गर्न सहयोग गनर्छ । यस्तो समस्या भएमा जुन चिकित्सकसँग सहयोग लियौँ हामीले उहाँहरुसँग परामर्श गरेर औषधी लिन सकिन्छ । स्वास्थ्यकर्मीको परामर्शविना आफ्नो हिसाबले औषधी खान हुँदैन । किनभन्दा उहाँहरु पूर्णतया हाइ प्रेसरको बिरामी हुन सक्नुहुन्छ । कोहि डाइवटिज । विविध बिरामी हुन सक्छन् । यस्तो अवस्थामा औषधी औषधीको संयोजन नबुझि खादा त्यसले नराम्रो असर गर्न सक्छ । त्यसैले स्वस्थ्यकर्मीको सल्लाहामा पोष्ट कोभिडको औषधीहरु सेवन गर्नुपर्छ ।
१२, १५ दिनको आइसोलेसनमा बसीसकेपछि नेगेटिभको खोजी गर्न हुँदैन । दोस्रो आइसोलेसनमा बस्दा निश्चित नियमहरु पालन गर्नुपर्ने हुन्छ । मादक पदार्थ सेवन, मध्यपान, धुम्रपान यस्ता कुराहरु गर्नु हुँदैन् । त्यहाँबाट निस्किसकेपछि म कोरोनामुक्त भए भनेर धुम्रपान गर्यो भने सुक्खा खोकी लामो समयसम्म रहन्छ । त्यसले समस्या ल्याउँछ । त्यसकारण जीवन शैलीलालाई पोष्ट कोभिडमा पनि व्यवस्थित गर्नुपर्छ । यो कुनै लडाईँ जितेर आए भनेर उल्लास गर्ने समय होइन् ।
यसले शरिरमा कुनै न कुनै हानी पकै पनि गरेको हो । यो हानिलाई रिकभर गर्न समय लाग्छ । यसले गर्दा व्यवस्थित जीवनशैली अवलम्बन गर्नुपर्छ । व्यक्ति विशेषको लागि एउटा पोष्ट कोभिडको प्लान बनाउनुपर्छ ।
हस्पिटलबाट निस्किएका कोभिडका विरामीले चिकित्सकाको परामर्शबाट नै दिनचर्या हुनुपर्छ । फलोपअ कहिले बोलाउनुहुन्छ । फलोअप जाने ।
होम आइसोलेसनमा रहेका बिरामीहरु जसलाई स्वास प्रस्वासमा समस्या छैन् । जसलाई ज्वरो एक दुई दिन आएको हो । त्यसलाई चिन्ता लिनुपर्दैन । सामान्य जीवन शैलीमा फर्किँदा हुन्छ । जसलाई लामो समय सम्म ज्वरो आयो । जसलाई स्वास प्रस्वासमा समस्या देखिएको थियो । अफ्ठयारो भएको थियो । हुनसक्छ सामान्य निमोनिय भएको, त्यसले गर्दा नेगेटिभ रिपोर्ट आएपनि चिकित्सकको सल्लाह लिने, जाँच गर्नुपर्छ ।

(फाउण्डेसन हिरोन्डेल्लको सहयोगमा आउटलाइन मिडियाले उत्पादन गरेको रेडियो कार्यक्रम ‘कोरोनाका कुरा’ मा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरका डा.भुषालसँग गरिएको कुराकानीको सम्पादीत अंश)


  •  
  •  
  •