जुत्ता सिलाउने मजदुर र १० वर्षका बिरामी बालकले तोडाए डा. केसीको अनसन…(तस्विरसहित)

221
  •  
  •  
  •  

kc fasting breaksकाठमाडौ, १९ चैत(ओएनएस) : सरकारले आफ्ना मागहरू सम्बोधन गरेपछि प्रा. डा. गोविन्द केसीले आफ्नो आमरण अनसन १२ औ दिनमा तोडेका छन् ।

आज बिहिबार करिब ४ बजे एक मजदुर र शिक्षण अस्पतालका बिमारीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । उनले अस्पतालको गेटमा बसेर जुत्ता सिलाउने सप्तरीका सत्यनारायण राम र शिक्षण अस्पतालका बिमारी १० वर्षीय सुदन अधिकारीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

उनले राखेका विभिन्न मागलाई सरकारले सम्बोधन गरेपछि उनी अनसन तोड्न राजी भएका थिए । आज सरकार र डा. केसीबीच ११ बुँदे सहमति भएपछि १२ दिन लामो केसीको अनसन तोडिएको हो ।

kc fasting breaks1kc fasting breaks4 kc fasting breaks2 kc fasting breaks3

kc fasting breaks5 kc fasting breaks6


  •  
  •  
  •